काठमाण्डुः विवेकशील नेपाली दलका अध्यक्ष मिलन पाण्डेले कास्की लगायतका क्षेत्रमा आफ्नो दललाई मत दिने मतदातालाई धन्यवाद दिएका छन् । दलले अत्यन्त कमजोर प्रदर्शन गरेपछि उनको  प्रतिकृया छ, ‘हामी हामी मतदाताको कानसम्म पुगेका रहेछौँ, मनमा पुग्न बाँकी रहेछ ।’ विगतका कमिकमजोरीको लागि मतदातासम्म क्षमा माग्दै निर्मम समिक्षा गरेर अघी बढ्ने भन्दै दलको संघिय समितिको वैठक यहि बुधबार अनि विहिबारका निम्ति बोलाइएको छ ।

विवेकशील नेपालीले कास्कीमा संघीय, बाग्लुङमा प्रदेश र दाङमा वडामा उम्मेद्वारी दिएको थियो तर तिनै तहमा १०० भोट समेत नकटेपछि दलले निर्मम समिक्षा गरेर अघि बढ्ने जनाएको छ । ‘हामी, हामीलाई मत दिनुहुने, नदिनु हुने सम्पूर्ण मतदाताहरूमा धेरै धेरै धन्यवाद दिन चाहन्छौँ। हामीले अझ धेरै मेहनत गर्नुपर्ने स्पष्ट सन्देश पाएका छौँ।’ – अध्यक्ष पाण्डेले उल्लेख गरेका छन् ।

अब अझ दृढताका साथ काम गर्ने र नागरिकको मन जित्ने पाण्डको दावी छ । अभियान, सङ्गठन अनि स्पष्ट नीति बोकेर फेरि मतदाताको माझ जाँदा सशक्त र नागरिकको असल साथीको रुपमा विवेकशील नेपाली दल उभिने विश्वास रहेको अध्यक्ष पाण्डेको भनाई छ ।

 

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here