प्रेमप्रकाश केसी, कर्णाली प्रदेश !
विवेकशील नेपाली पार्टीले चुनाव सोचेभन्दा धेरै गुणा नराम्रो नतिजा आउनुका केही मुख्य कारणहरु:
१. पार्टी निर्वाचन आयोगमा दर्ता नहुनु ।
२. पार्टी फुट्नु र फुटको औचित्य नागरिकसामु प्रस्तुत गर्न नसक्नु।
३. स्रोत , साधन , क्षमता सबै एकिकृत पार्टीबाट लिन नसक्नु ।
४.संगठन नहुनु ।
५. पार्टी को मार्गदर्शन क्लियर नहुनु ।
६. देशलाइ समृद्ध बनाउने अर्थ नीति नहुनु र दलका नेता तथा सदस्य आर्थिक रुपमा सबल नहुनु ।
७. व्यवहारिक भन्दा फेसबुकमा धेरै रमाउनु । ग्रामिण नागरिकका आवाज बोल्न नसक्नु ।
८. पार्टीका नेताले दल र संघठनलाई समय दिन नसक्नु ।
९. राजधानीमा अभियान बाहेक आफ्नै विचारमा आधारित कार्यक्रम गर्न नसक्नु ।
१०. पार्टी महाधिवेशन पछि सदस्य साथीहरू लाई संगै लिएर जान नसक्नु ।
११. राजनीतिक परिपक्वतामा व्यापक अभिवृद्धी हुन नसक्नु ।
१२. नागरिकका लागि मन छुने काम भन्दा पनि मन तान्ने आलोचनामा ध्यान दिनु ।
१३. घनिभुत छल्फल बिना योजना बनाउनु ।
१४. रणनीतिक पाटोमा समय नदिनु ।
१५ . पार्टीको आधिकारिक चुनाव चिन्ह नहुनु ।
(केसी विवेकशीलको कर्णाली प्रदेशका नेता हुनुहुन्छ ।)