काठमाण्डौँः को बन्छ करोडपति नेपाल भित्र्याएको समुह अहिले रवी लामिछानेलाई लिएर नयाँ कार्यक्रम बनाईरहेको छ। नयाँ कार्यक्रम कुन हो भनेर नबताएपनि स्वयं रवी लामिछानेले आफू नयाँ कार्यक्रममा आवद्ध हुन लागेको स्वीकार गरेका छन् ।

‘केही समय अघि चितवनमा देखिएको स्वस्फूर्त समर्थन र अकल्पनीय जन उपस्थितिले ठूलो जिम्मेवारी थपिएको महशुस गरे सङै केही गर्ने अठोट र संकल्प गरेको थिए। वाचा पूरा गर्ने त्यो समय आउदैछ। राजनीति त होइन तर आजको राजनीतिलाई यतिकै छोड्नपनि मन छैन। त्यसैले केही फरक गर्दैछौ। प्रतीक्षा गर्नुहोस्।’ – रवि लामिछानेको भनाई छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here