पोखराः काठमाण्डौँ बालाजुका राजाराम केसी र श्रीमति सोनिका अहिले आफू शन्तुष्ट मात्र छैनन धेरैका लागि प्रेरक प्रतिक पनेका छन् । पोखरा लेकसाईडमा रहेको मदानी अथेन्टिक नेपाली चुलो Madani Authentic Nepali Chulo मा युवा उद्यमीका नविनत सिर्जना मात्र हैन मिठो नेपाली खानाको स्वादले पनि धेरैलाई फेरि फेरि पोखरा र फेरिफेरि मदानीमा तानिरहन्छ । स्वदेशी तथा विदेशी पर्यटकहरु मदानीमा अथेन्टिक नेपाली खानाका लागि पर्खिरहन्छन ।

विदेशबाट फर्किएर पोखरामा रेष्टुरेन्ट खोलेका युवाको कथा !

विदेशबाट फर्किएर पोखरामा मदानी रेष्टुरेन्ट खोलेका युवाको कथा सुन्नुहोस् ।भिडियोः Shuvayatra

Gepostet von Hastalikhit am Dienstag, 10. Dezember 2019

नयाँ उद्यमी हरु को लागि पाठशाला

आकर्षक सजावट, काठको धुलो बाट बनेका आकर्षक चित्र कला हरुले सुसज्जित घरमा नेपाली ‘अथेन्टिक’ चुलोको स्वाद पाईन्छ । ९५ बर्षे पुरानो घर लाइ आकर्षित तरिकाले सजाएर पर्यटकलाइ बस्न आकर्षित गर्ने काठ को दलिन भाको कोठा हरु छन् । नयाँ उद्यमीहरुको लागि पाठशाला यसअर्थमाकि यहाँ पुराना तथा काम नलाग्ने कुरा बाट कसरि आकर्षक झुमर, बत्ति बनाएर सिर्जनाको सुन्दर प्रस्तुति दिएका छन् । धाराको पाइपबाट बत्ति तथा आजीवन खपत हुने टेबल कुर्शी हरु, साथै काम नलाग्ने टाएर लाइ बत्ति जडान गरि बनाइएको टेबल हरु नवआगन्तुक तथा युवा लाइ औद्योगिक स्केलमा काम गर्न हौसला प्रदान गर्ने खालको कुरा हरु ले होटल भरि भराउ छ । बाहिरबाट हेर्दा सामान्य देखिने भवन भित्र भने कलात्मक र मौलिकपन भरिएको छ ।

Image may contain: people sitting, people eating, table, food and indoor
WOW

यी त भए आकर्षणका कुरा अब खाना को बारेमा कुरा गरौँ । एक परिवार ले युरोप र युरोपको बसाइ लाइ छोडेर नेपाल मै केहि गर्ने अठोट का साथ ग्राहक लाइ पनि स्वस्थकर खाने कुरा खुवाउने भन्दै साथि हरु को समूह बनायो । कसरी रेष्टुरेन्टमा अर्ग्यानिक भोजन पाईन्छ भन्नेबारे  रेष्टुरेन्टका सञ्चालक राजाराम केसी सम्झिन्छन्, “लक्ष्मण बानीयाँको साथ् सहयोगमा तनहुँको सत्रसय फाँटमा लगभग ७००/८०० रोपनी जग्गामा कृतिम जंगल, गाइ तथा बाख्रा पालन साथै jविषादी रहित तरकारी उत्पादन गर्दै आएको छ ।  कास्कीको भेडाबारी भन्ने ठाउँमा पनि अर्को समूह बनाइ बराह माबिको १०० रोपनी जग्गा भाडामा लिइ बिष्णु भुसालसंग को सहकार्यमा विषादी रहित तरकारी तथा पोखरेली  ‘जेठो बुढो’ भन्ने लोकल धान उत्पादन गर्दै आएका छौँ ।”

Image may contain: 5 people, people smiling, people sitting, people eating, table, indoor and food
Foreign Tourist at Madani Authentic Nepali Chulo

अहिलेको पिढीमा मुख्य उद्देश्य भनेकै आजकाल नेपाली विद्यार्थी जब १२ पास गर्छन तब उनीहरुले बुन्ने सपना भनेकै कुन देश जाने भन्ने नै हुन्छ । किनभने उनीहरुले यो देशमा गरे सबै सम्भव छ र मान्छेले गरेका पनि छन् भन्ने नै देखेको छैनन । यसकारण देश का अधिकांश स्कुल ले शैक्षिक भ्रमणको नाममा देशका विभिन्न शहर घुमाउने बाहेक माथि उक्लनै सकेका छैनन् ।

Image may contain: one or more people, stripes and indoor

रेष्टुरेन्ट सञ्चालक सोनिका लामा केसी भन्छिन, ”यदि उनीहरुले हामीले यसरी संचालन गरेको कुराहरु लाइ मात्रै देखाईदिने हो र यदी त्यस मध्ये केही जनाले मात्रै पनि त्यस बाट उद्यमी बन्न प्रेरित हुने हो भने त्यसलाई हामीले सफलता मान्नु पर्छ।”

Image may contain: 2 people, people standing and outdoor

‘मदानी रेष्टुरेन्टमा हामी सँग स्कुल को लागि र विभिन्न संघसंस्थाको लागि धेरै नै आकर्षित प्याकेज छ ।” केसी दम्पत्तिको विश्वास छ, ‘हामी हाम्रै फार्ममै खुवाउने र बसाउने तयारीमा पनि जुटेका छौँ । सायद १ बर्ष भित्र हामी आफ्नै अर्गायानिक फार्मको खाना  खुवाउन सफल हुन्छौँ होला ।’

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here