राष्ट्रिय धरोहर संरक्षण प्रतिष्ठान नेपालले पौष १ झण्डा दिवस मनाउने भएको छ । प्रतिष्ठानले अधिल्लो बर्ष देखी झण्डा दिवस मनाउन लागेको हो ।
उक्त दिन बिहान ८ः ३० बजे माइतिघरमा सुरु हुने उक्त कार्यक्रममा अभियानकर्ताहरुले माइतिघर मण्डलामा रहेको झण्डा फेरी माईतिघर मण्डल देखी बानेश्वर र बानेश्वरबाट फकिएर माइतिघर सम्म ¥याली गर्ने कायाक्रम तय गरेका छन् ।
उक्त अभियानका अभियानकर्ता राजानन्द माण्डव्यले वि.स.२०७५ पौष १ गतेदेखी नेपालको मान,सान,पहिचान र स्वाभिमानको चित्रण गर्ने नेपालीहरुको परिचयको प्रतिविम्व राष्ट्रिय झण्डा लाई विश्वब्यापी रुपमा परिचित गराउने तथा सन् १९६२ डिसेम्वर १६ तारिखका दिन वि.सं. २०१९ पौष १ गते नेपालको झण्डालाई संयुक्तराष्ट्रसंघले औपचारिक मान्यता दिएर संसार सामु एक छुट्टै परिचय स्थापना गरे पश्चात हामी नेपालीले कहिल्यै पनि झण्डाको विशेष उत्सव नमनाएको कारण झण्डा दिवस मनाउन लागीएको बताए ।
‘कहिल्यै कुनै विदेशी शक्तिसामु हार्न नपरेको नेपालीको ध्वजा स्वतन्त्र त रह्यो तर हामी नेपालीले नै यसको मानमा आँच आउने काम गर्दै गयांै । झण्डाको आफुखुसी प्रयोग गर्ने मात्र नभई यसको कार्य्विधि,आचारसंहिताको वेवास्ता गर्दै पछिल्लो समयमा त अझै झण्डाको मान सम्मानमा समेत आँच आउने काम हुदैँ गए। झण्डाका स्वरुप र रंग मात्र नभई चन्द्रसुर्यको कोणहरु समेत आफु खुसी राख्ने, किनारा र लम्वाई,चौडाई समेत फरक फरक तरिकाबाट प्रयोग गर्नु झण्डा प्रतिको सम्मान नभई यसको अपमान हो ।’ माण्डव्य भन्छन् ‘सरकार चलाउने, विश्वविद्यालयमा अध्यापन गर्ने गराउने मात्र नभई विद्यालय पढ्ने सानासाना भाईवहिनी, विद्यालयका शिक्षक, सांसद, मेयर लगाएत धेरैलाई झण्डाको विषयमा प्रश्न गर्दा सदैव जवाफमा सुन्य मात्र मिल्यो, राजनैतिक पार्टीका झण्डाको इतिहास जान्ने नेता तथा कार्यकर्ता मात्र भए तर देशको ध्वजाको वास्तविक स्वरुप र त्यसको मर्म कसैले मनन गरेको पाईएन। झण्डालाई पाँचकुने रुमाल भन्दा धेरै केही सम्मान हुन सकेन भन्दा फरक पदैन । तसर्थ झण्डाको अन्तरराष्ट्रिय पहिचान भन्दा पहिले त यहाँको जनताले यसको इतिहास,महत्व जान्न अत्यावश्य देखीएकाले राष्ट्रिय झण्डा दिवस मनाउन लागीएको हो ।’