वीरगंजः विवेकशील नेपाली दलकी नेतृ रञ्जु दर्शना Ranju Darshana वीरगञ्जका विभिन्न कार्यक्रमहरुमा सहभागी भएकी छिन् । वीरगञ्ज टाउनहल, वीरगञ्ज पब्लिक कलेज र नेसनल इन्फोटेक कलेजका विभिन्न कार्यक्रमहरुमा सहभागी भएर युवाहरुसँग अन्तरकृया गरेकी थिइन् ।

Image may contain: 4 people, people smiling

तराई मधेशका युवाहरुबाट अत्यन्त प्रेरित भएको बताउँदै वीरगञ्जबाट फर्केर दर्शनाले आफ्नो फेशबुकमा लेखेकि छिन्, ‘वीरगंज के युवा सशक्त और क्षमतावान बानु।’

‘वीरगंजमा सयौं युवाहरु माझ मनासिक स्वास्थ्य र युवाहरुको समाज रूपान्तरण, निर्माणमा भूमिका बारे अन्तरक्रियात्मक कार्यक्रम सफल भएको महसूस गरेको छु ।’ – रञ्जुको भनाई छ, ‘ताली बजेको कारणले होइन, विभिन्न ३ कार्यक्रममा उपस्थित विद्यार्थीहरु मध्य कमसेकम ५-१० जनाले आफ्नै घर बाट र वरपर अन्याय विरुद्ध लड्ने प्रतिबद्धता जनाएका छन् ।’

यो पनि पढ्नुहोस्ः रञ्जु दर्शनाले भनिन, ‘लोकतन्त्र बचाउने जिम्मा नयाँ पुस्तालाई दिनुहोस्, हजुरहरु आराम गर्नुहोस्’

Image may contain: 2 people, people standing

दर्शनाले भ्रष्टाचार विरुद्ध लड्न आवाज उठाउने र सूचनाको हक प्रयोग गर्ने बारे विस्तृत तालिमको माग पनि गरेकी छिन् । ‘नेपालका युवाहरुलाई मार्गदर्शनको खाँचो छ ।’ – उनको प्रतिकृया छ । समस्याहरुको सामाधान दिन सबै युवा सक्षम छन्, बन्न सक्छन् भन्ने आफ्नो धारणा रहेको उनको भनाई छ ।

छुट्यो कीः खुल्ला मञ्च खोलाउन औजार बोकेर जानुपर्ने दिन आउनसक्छः रञ्जु दर्शना

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here