बैतडीः सुदूरपश्चिम प्रदेश स्तरीय ‘स्पिकिङ आइडल’ वक्तृत्व प्रतियोगितालागि जिल्लास्तरीय अडिसन बैतडीको देहिमाण्डौँमा सम्पन्न भएको छ । निङलाशैनी माध्यमिक विद्यालय, देमाणुमा सम्पन्न छनोट कार्यक्रमबाट ५ जना विद्यार्थी छनोट भएका छन् ।

१९ वर्ष मुनीका करीब ४५ जना विद्यार्थीहरु जिल्लाका विभिन्न भेकहरुबाट वक्तृत्व परीक्षणका लागि देमाणु पुगेका थिए । आइडलका बैतडी जिल्ला संयोजक दिवाकर भट्टका अनुसार बैतडीबाट छनोट हुनेमा निङलाशैनी माविकी रेजिना टेलर र हिरा बोहरा, कुलाउ मावि पढ्ने गीता क्षेत्री, केदार नागार्जुन मावि पढने शान्ति पन्त र सिगास माविकी जयन्ती अवस्थी गरि ५ जनामा छन् । उनीहरु अब धनगढीमा पुस १३ र १४ गते हुने प्रदेश स्तरीय प्रतियोगितामा अन्य जिल्लाका विद्यार्थीहरुसँग प्रतिस्प्रधा गर्नेछन् भने पुस पन्ध्रमै धनगढीमा हुने संवाद कार्यक्रम ‘सुदूरपश्चिम कन्क्लेभ’मा समेत सहभागि हुनेछन् ।

Image may contain: 7 people, people smiling, people standing, sky and outdoor

यसअघी डडेल्धुरा अडिसनबाट ५ जना तथा बाजुरा अडीसनबाट ५ जना छनोट भएका थिए । स्पिकिङ आइडलका संयोजक रजनी पन्तका अनुसार स्पिकिङ आइडलका अब दार्चुलाको गोकुलेश्वर ६ पुस, डोटीमा ९ पुस, अछाममा ७ पुस, बझाङमा ६ पुस गरेर पहाडी जिल्लाहरुमा अडिसन हुनेछन् ।

कैलालीमा १२ पुस र कञ्चनपुरमा ९ पुसमा ३/३ स्थानमा अडिसन हुँदैछ। कञ्चनपुरको दोधारा, बेलौरी र महेन्द्रनगर तथा कैलालीको अत्तरीया, धनगढी र लम्कीमा विद्यार्थीले वक्तृत्व परीक्षण तथा प्रतिष्पर्धा गर्नेछन्। ‘प्रदेशका प्रत्येक जिल्लाबाट जितेर आएकाबीच धनगढीमा हुने ष्पर्धामा जितेर शीर्ष १० स्थानमा पुग्नले वृहत समारोहबीच प्रस्तुतिकरण गर्ने अवसर प्राप्त गर्ने कार्यक्रमका निर्णायक सन्जिप न्यौपानेले बताए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here