काठमाण्डौँः  काठमाण्डौँमा शनिबार पुस १९ गते ” महेन्द्र भवन फेट २०७६” हुने भएको छ ।

बिगत ६२ बर्ष देखि महिला/समाज अनि समग्र राष्ट्रकै शिक्षा, स्वास्थ्य अनि नेतृत्व बिकाशमा अग्रणी भूमिका खेल्दै आएको काठमाडौँ, सानोगौचरण अवस्थित महेन्द्र भवन मा. आवासीय बिद्यालयले यहि आउँदो २०७६ पौष १९ गते, शनिबार बिद्यालय हाता भित्रै ” महेन्द्र भवन फेट तथा भू.पुर्व बिद्यार्थी पुनर्मिलन २०७६” कार्यक्रमको आयोजना गर्ने भएको हो ।

यस कार्यक्रम महेन्द्र भवन बिद्यालय तथा अम्बान ( महेन्द्र भवन भू.पु. बिद्यार्थी समाज) ले संयुक्त रुपमा आयोजना गर्दैछ। कार्यक्रम संयोजक श्रीमती करुणा शाहका अनुसार यस कार्यक्रममा भू.पु. बिद्यार्थीहरुको पुनर्मिलनका साथसाथै बिभिन्न खानेकुरा/सर-समानका इन्स्टलहरु, सांगीतिक/सांस्कृतिक कार्यक्रमहरु, नि:शुल्क स्वास्थ्य सिविर, बिभिन्न खेलकुदका कार्यक्रम अनि चित्रकला प्रदर्शनी, कानुनी परामर्श आदि हुनेछन।

साथै बिद्यालय व्यवस्थापन समितिका अध्यक्ष्य प्रा.डा मधुरा कार्कीका अनुसार यो कार्यक्रमको अर्को प्रमुख उद्द्येश्य भन्नु नै बिद्यालयको स्तरोन्नति गर्न आर्थिक संकलन गरि समाजलाई टेवा पुर्याउनु रहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here