महेन्द्रनगरः महेन्द्रनगरमा सम्पन्न सुदूरपश्चिम पर्यटन तथा साँस्कृतिक महोत्सव सफलतापूर्व आयोजना गर्न सहयोग गर्ने सबैलाई आयोजकले धन्यवाद दिएको छ । आयोजक खोज संग्रह मिडियाका तर्फबाट महोत्सवका संयोजक हेमबाबु लेखकले सबैलाई धन्यवाद दिएका छन् ।

महोत्सवमा साँस्कृतिक कार्यक्रमका इतर विशिष्ट व्यक्तहरुलाई अभिनन्दन तथा ऐतिहासिक विभुतिहरुको फोटो प्रदर्शनी समेत गरिएको थियो । प्रदेश सरकार र स्थानीय सरकारहरुँग मिलेर निजिस्तरमा आयोजना गरिएको महोत्सबमा विभिन्न स्थानीय तथा राष्ट्रिय कलाकारहरुले प्रस्तुति दिएका थिए ।

विभिन्न पक्षका असहयोगका बीच सफलतापूर्वक कार्यक्रम सम्पन्न गरेको आयोजकको दावी छ । ‘कालाे मनबाट बगेका काला हर्कतहरुलाई सकारात्मक चिन्तनका मानिसले कहिल्यै पनि महत्त्व दिनुहुँदैन र आफ्नो लक्षप्राप्तिकाे मार्गमा अनवरत हिडिरहनुपर्दछ भन्ने पाठबाट यसक्रममा पनि हामी निर्देशित भईरह्यौं ।’ – मेलाका संयोजक लेखकको अनुभुति छ ।

विपन्न वर्गका बालबालिकाकाे पठनपाठनमा सहयोग पुर्याउन अक्षयकाेष स्थापना गर्ने उद्देश्यले आयोजना गरिएको यस महाेत्सवबाट उठेको रकम सोही कार्यमा लगाइने र थप विवरण पत्रकार सम्मेलनबाट पारदर्शी रुपमा सार्वजनिक गरिने संयोजक लेखकको भनाई छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here