हेटौडाः गिट्टी–बालुवाको अवैध उत्खनन र तस्करीको विरोध गर्दा टिपरले किचेर हत्या गरिएका २४ वर्षीय ओमप्रकाश महतो (दिलीप) का हत्यारालाई तत्कालै कारवाही गर्न विवेकशील नेपाली दलका सांसद विराज भक्त श्रेष्ठले माग गरेका छन् । Birajbhakta Shrestha

‘आफ्नो ठाँउ बचाउन जाँदा आफै मर्नुपर्ने कस्तो अवस्था आयो ?’ – सांसद श्रेष्ठको आक्रोस छ । हरेक गाँउगाउँमा पर्यावरणको विध्वंश गरेर विकासका सपना बाँडेर ठेकापट्टामा रमाइरहेको सरकार सचेत नागरिकसँग डराउन थालेको सांसद श्रेष्ठको भनाई थियो ।

प्रदेश राजधानीको विषयमा आफ्नो धारणा राख्न सदनमा बोल्ने क्रममा विवेकशील नेपाली दलका सांसद विराजभक्त श्रेष्ठले मृतकप्रति श्रद्धाञ्जली र परिवारप्रति समवेदना जनाउँदै वातावरण संरक्षणको आवाज उठाँउदा हत्या हुनुपर्ने अवस्था आउँदा सम्म सरकार र सुरक्षा संयन्त्रको उपस्तिथिबारे प्रश्न उठाउनुपर्ने बताएका छन् ।

श्रेष्ठले जनकपुरमा भएको घटनालाई उदृत गर्दै सिंहदरबार गाउँगाउँमा आउँछ भनिए पनि अपराधी गाउँगाउँ पुगेको बताए । उनले सिंहदरबार गाउँगाउँ पुग्नु पर्नेमा अपराधी पुगेको प्रति सभामुखलाई जानकारी गराए ।

संसदमा सत्तापक्षसँगै प्रमुख प्रतिपक्षी दलले पनि संयुक्त प्रस्ताव लगेपनि तेस्रो ठूलो दल विवेकशील नेपाली दलले भने नाम वाग्मतिमा सहमति जनाएपनि प्रदेश राजधानी हेटौडा नभई काभ्रेको धुलीखेल हुनुपर्ने छुट्टै प्रस्ताव संसदमा पेश गरेको छ ।

Birajbhakta Shrestha

यो पनिः प्रदेश युवा परिषदमा दलीय भागबण्डा हैन क्षमता र उत्कृष्टता हेर्नुपर्छः सांसद श्रेष्ठ

हेटौडाः वागमति प्रदेश सभा सदस्य बिराजभक्त श्रेष्ठले प्रदेश युवा परिषदमा दलीय भागवण्डा नभइ क्षमता र रुचीका आधारमा सहभागी गराउनुपर्ने बताएका छन् । विवेकशील नेपाली दलका नेता समेत रहेका सांसद श्रेष्ठले ‘प्रदेश युवा परिषदको सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’मा टिप्पणी गर्दै सो कुरा बताएका हुन् । Biraj Bhakta Shrestha

युवाहरुमा नैतिक शिक्षाको प्रवर्धन गर्न राज्य अग्रसर हुनुपर्ने बताउँदै युवाहरुकमा नैतिक र समाजिक चेतना अभिवृद्धीका लागि प्रदेक्क युवा परिषद लाग्नुपर्ने बताए । प्रदेश युवा परिषद सबै विचार र आस्था भएका युवाको साझा प्रतिधिनि हुनुपर्ने उनको धारणा थियो ।

विगतमा युवाहरुलाई राजनीतिक दलहरुले टायर बालेर अघि बढ्न सिकाएकाले अहिले उनीहरु नेतृत्वमा पुग्दा पनि ठेक्का लिन बाहेक केहि नजान्ने भएको हेरेर अवको पुस्ताका युवालाई आवधिक चुनावबाट राज्यसंयन्त्रमा आएर सुसँस्कृत राजनीति को बाटो खोल्नुपर्ने श्रेष्ठको धारणा थियो ।

यस्तै प्रदेश युवा परिषद संघीय प्रादेशिक र स्थानीय तहमा मात्र हुनुपर्ने भन्दै रुेष्ठले जिल्लामा युवा समितिको कुनै औचित्य नभएको बताए । प्रदेश युवा परिषद सम्बन्धी विधेयक सदनमा पेस भएको छ भन्ने सांसदहरुले छलफल गरिरहेका छन् ।

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here