हेटौडाः गिट्टी–बालुवाको अवैध उत्खनन र तस्करीको विरोध गर्दा टिपरले किचेर हत्या गरिएका २४ वर्षीय ओमप्रकाश महतो (दिलीप) का हत्यारालाई तत्कालै कारवाही गर्न सांसद विराज भक्त श्रेष्ठले माग गरेका छन् ।

‘आफ्नो ठाँउ बचाउन जाँदा आफै मर्नुपर्ने कस्तो अवस्था आयो ?’ – सांसद श्रेष्ठको आक्रोस छ । हरेक गाँउगाउँमा पर्यावरणको विध्वंश गरेर विकासका सपना बाँडेर ठेकापट्टामा रमाइरहेको सरकार सचेत नागरिकसँग डराउन थालेको सांसद श्रेष्ठको भनाई थियो ।

प्रदेश राजधानीको विषयमा आफ्नो धारणा राख्न सदनमा बोल्ने क्रममा विवेकशील नेपाली दलका सांसद विराजभक्त श्रेष्ठले मृतकप्रति श्रद्धाञ्जली र परिवारप्रति समवेदना जनाउँदै वातावरण संरक्षणको आवाज उठाँउदा हत्या हुनुपर्ने अवस्था आउँदा सम्म सरकार र सुरक्षा संयन्त्रको उपस्तिथिबारे प्रश्न उठाउनुपर्ने बताएका छन् ।

श्रेष्ठले जनकपुरमा भएको घटनालाई उदृत गर्दै सिंहदरबार गाउँगाउँमा आउँछ भनिए पनि अपराधी गाउँगाउँ पुगेको बताए । उनले सिंहदरबार गाउँगाउँ पुग्नु पर्नेमा अपराधी पुगेको प्रति सभामुखलाई जानकारी गराए ।

संसदमा सत्तापक्षसँगै प्रमुख प्रतिपक्षी दलले पनि संयुक्त प्रस्ताव लगेपनि तेस्रो ठूलो दल विवेकशील नेपाली दलले भने नाम वाग्मतिमा सहमति जनाएपनि प्रदेश राजधानी हेटौडा नभई काभ्रेको धुलीखेल हुनुपर्ने छुट्टै प्रस्ताव संसदमा पेश गरेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here