काठमाण्डौँः पश्चिम सेति परियोजनाबारे सुदूरपश्चिमका संघीय संसदमा प्रतिनीधित्व गर्ने सांसदहरुको उपस्थितिमा  सम्वाद कार्यक्रम हुने भएको छ । माघ २२ गते रिपोर्टस क्लब भृकुटीमण्डपमा  कार्यक्रम हुनेछ ।

कार्यक्रममा मन्त्री लेखराज भट्ट, सांसदहरु डा.  दीपकप्रकाश भट्ट, भीम रावल, दामोदर भण्डारी, गणेश ठगुन्ना, भैरव बहादुर सिंह, दिलेन्द्रप्रसाद बडु, लालबहादुर थापा, लक्ष्मी चौधरी, प्रकाश स्नेही, आशा बिक, प्रेम आले, राम बहादुर बिष्ट, यज्ञ बोगटी लगायतका सांसदहरु उपस्थित हुने आयोजक बोल्न्या थली धनगढीले जनाएको छ । अन्य सांसदहरुसँग समेत सम्वादमा रहेको आयोजकको भनाई छ ।

‘सडक आन्दोलन जति नै भएपनि संसदमा कुरा उठाएर दवाव सिर्जना गरेमात्रै सजिलो हुन्छ । सबै साँसदहरु एकमुखले पश्चिम सेतीमा बोलुन भन्ने हाम्रो चाहना हो ।’ – आयोजक सँस्थाका यादव जोशीले भने । सुदूरपश्चिमका जनप्रतिनिधि नै अघि सरेर एक मुखले पश्चिम सेती अघी बढाउन लागीपरे परियोजना सम्भव हुने उनको भनाई छ ।

केही समय अघी देखी काठमाण्डौँमा युवाहरुले ‘पश्चिम सेती कहिले बन्छ’ भनेर सडक आन्दोलन गर्दै आएका छन् । अब भने सांसदहरुलाई नै उत्तरदायी बनाएर सबै दलका सबै सांसद सुदूरपश्चिमको विकाशका लागि एक ठाँउ उभीन दवाव सिर्जना गर्न यो कार्यक्रम गर्न लागिएको जोशीको भनाई छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here