हेटौडाः  डेमोक्रेसी रिर्सोस सेन्टरको अनुसन्धानमुलक प्रतिवेदन ‘प्रदेश सभामा सहभागिता र कार्यप्रणाली’ सार्वजनिक गरिएको छ । विहिबार हेटौंडामा ‘प्रदेशसभाको कार्यप्रणाली र सहभागिता’बारे अन्तरक्रिया कार्यक्रम समेत सम्पन्न भएको छ। Democracy Resource Center

सार्वजनिक गरिएको प्रतिवेदन सार्वजनिक पढ्न यहाँ क्लिक गर्नुहोला ।

सार्वजनिक कार्यक्रममा अनुसन्धाता आलोक पोख्रेल र अरुणा लिम्बुले प्रस्तुत गरेको प्रतिवेदन सारांसमा छलफल भएको थियो । कार्यक्रममा प्रदेश सभा सदस्यहरु, संचारकर्मी र प्रदेशसभा सचिवालयका कर्मचारी सहभागी थिए । प्रदेशसभा सदस्य छिरिङ दोर्जे लामा, न्हुक्षेनारायण श्रेष्ठ, मुनु सिग्देल, रमेश पौड्याल, विराजभक्त श्रेष्ठ, जुनेली श्रेष्ठ, रजनी अमात्य जोन्छे, विजया श्रेष्ठ केसी, भीमसेन खत्री लगायतले प्रदेशसभामा आफ्नो अनुभव र आगामी दिनमा सुधार्नुपर्ने पक्षबारे धारणा राखेका थिए ।

प्रतिवेदन सार्वजनिक कार्यक्रममा बोल्दै डिआरसिएनका अनुसन्धाता एवं संवैधानिक कानूनका अध्यापक आलोक पोखरेलले आफूहरुले तयार पारेको प्रतिवेदनले प्रदेश संरचनामा प्रदेश सभाको बनोट, कार्यसञ्चालन, सांसदहरुको सहभागिता, कानून निर्माणको प्रकृयाबारे विस्तृत अध्ययन र सटिक विश्लेषण गरिएको बताए ।

Democracy Resource Center

प्रतिवेदन सार्वजनिक तथा अन्तरकृया कार्यक्रममा बोल्दै प्रदेश सभा सदस्य एवं विवेकशील पार्टीका नेता बिराजभक्त श्रेष्ठले गैरसरकारी क्षेत्रबाट युवाहरुले यति मिहिन ढंगले अध्ययन र विश्लेषण गरेर प्रेरक मार्गनिर्देशन गरेको बताए । सँगै विवेकशीलकै अर्का सांसद रमेश पौड्यालले प्रदेश सभालाई यस्ता सचेत र सजग गराउने अध्ययन प्रतिवेदनहरुको निश्कर्ष राज्यले अंगाल्नुपर्ने बताए ।

कार्यक्रममा बोल्दै नेपाली काँग्रेसकी साँसद विजया केसी श्रेष्ठले सबै प्रदेशका सभाहरुको र सदस्यहरुको गतिविधि समेटिएको प्रतिवेदन बनाइ उत्कृष्ट ढंगले प्रस्तुत गर्न सफल भएकोका डिआरसिएनलाई धन्यवाद दिइन् ।

democracy resource center
डेमोक्रेसि रिसोर्स सेन्टरको कार्यक्रममा बोल्दै सांसदहरु

डेमोक्रेसि रिसोर्स सेन्टरले यस्तै अध्ययन प्रतिवेदनहरु बनाउँदै जाने र राज्यले गैरसरकारी क्षेत्रका यस्ता उर्जावर्धक प्रयाशहरुले राज्यलाई बलियो बनाउने आफूहरुको विश्वास रहेको अनुसन्धाता नयन पी सिन्धुलीयाले बताए ।

यो पनि पढ्नुहोस्ः कतारबाट स्वदेश फर्किन लागेका युवालाई विवेकशील नेपालीले गर्यो सम्मान

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here