काठमाण्डौँः नेपालको भौतिक पूर्वाधार तथा यातायात मन्त्री वसन्त नेम्वाङले चक्रपथ–रत्नपार्क–सातदोबाटो मेट्रोरेल सञ्चालनका लागि डीपीआरको तयारी सुरु भएको जानकारी दिनु भएको छ। Metro train Kathmandu
शनिबार मन्त्री नेम्वाङले १०० दिने प्रगति विवरण सार्वजनिक गर्दै चक्रपथ–रत्नपार्क–सातदोबाटो मेट्रोरेलको डीपीआरको तयारी सुरु भएको जानकारी दिनु भएको हो। उहाँले आफ्नो सयदिने उपलब्धि गौरव गर्नलायक रहेको दाबी गर्नु भएको नेपाल खबर अनलाइनले लेखेको छ।
मन्त्री नेम्वाङले यातायातका पूर्वधारमा उल्लेख्य काम गरेको बताउँदै चालु आर्थिक वर्षको अन्त्यमा यातायात क्षेत्र धेरै व्यवस्थित भइसक्ने दावी गर्नुभयो। सय दिनमा मास प्रिन्टर जडान गरी करिव २ लाख स्मार्ट कार्ड प्रिन्ट गरी वितरण गरिएको प्रगति विवरणमा उल्लेख छ। यस अवधिमा सुदूरपश्चिम तथा कर्णाली प्रदेशभित्रका सबै सेवाग्राहीलाई स्मार्ट लाइसेन्स वितरण भइसकेको उहाँको दावी छ।
जीपीएस प्रविधिको प्रयोग गरी सार्वजनिक सवारी साधनहरुको जीपीएस भेहिकल ट्राकिङ सिस्टम कार्यान्वयनका लागि अध्ययन सम्पन्न भइसकेको प्रगति विवरणमा उल्लेख रहेको छ। Metro train Kathmandu
यो पनि छः प्रविधिमैत्री बन्दै सरकारः प्रधानमन्त्रीद्वारा ‘नेपाली पोर्ट’ को शुभारम्भ