काठमाण्डौँः समाजवादी पार्टीकी प्रतिनिधि सभा सदस्य सरिता गिरी र विवेकशील नेपाली दलका बागमति प्रदेश सांसद बिराजभक्त श्रेष्ठले आ-आफ्नो सदनमा वातावरण संरक्षणको मुद्दा जोडतोडका साथ उठाउने बताएका छन् । मेरो अड्डा डट् कम र लेक्स ज्युरिष्टले शुक्रबार काठमाण्डौँमा आयोजना गरेको ‘विनास बिनाको विकाश’ विषयक कार्यक्रममा बोल्दै उनीहरुको त्यस्तो प्रतिबद्धता जनाएका हुन् ।

नीजगढ विमानस्थल र तराईमधेश द्रुतमार्गको सन्दर्भमा भएको उक्त गोष्ठिमा संघीय सांसद सरिता गिरी, वागमती प्रदेश सांसद बिराजभक्त श्रेष्ठसँगै विभिन्न प्राज्ञिक तथा समाजिक क्षेत्रका युवाहरुको अन्तरकृया कार्यक्रममा उपस्थिति थियो।

Image may contain: 10 people, people sitting, table and indoor

कार्यक्रममा बोल्दै प्रतिनिधि सभा सदस्य सरिता तिवारीले विकाश गर्दा वातावरणीय पक्षको सधैँ ख्याल गर्नुपर्ने बताईन । यस्तै प्रदेश सांसद श्रेष्ठले, ‘विकाश त भएका चिजको व्यवस्थापन पनि हो भन्ने नबुझेकाले नै प्रकृति ध्वंसमा सरोकारवाला गम्भीर नभएको’ बताए ।

कार्यक्रममा सहप्राध्यापक मुकेश ढुंगानाले वातावरणीय कानून पढाउँदाको अनुभव सुनाएका थिए । सञ्जय अधिकारीले निजगढ र फास्टट्र्याकमा मुद्दा हाल्दा भोगेको अनुभव सुनाएका थिए भने  सहभागी युवाहरुले रोचक सवाल जवाफ गरेका थिए ।

“ल(कानूनका) कुरा गरौँ” भन्ने विविध विषयमा कानूनी पक्षबारे विभिन्न पक्षसँग यस्ता कार्यक्रम गर्दै जाने आयोजक मेरो अड्डाका आलोक सुवेदीले बताए ।

Image may contain: 20 people, indoor

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here