काठमाण्डौँः नयाँ बानेश्वरस्थित चक्रवर्ती कलेज अफ ल मा स्नातक तह अध्ययनरथ विद्यार्थीहरुलाई स्वयसेवकको रुपमा सहयोग गरेवाफत ट्राफिक प्रहरीले प्रमाणपत्र प्रदान गरेको छ । Chakrabarti Law College

Image may contain: 23 people, people standing

‘काठमाण्डौँको ट्राफिकलाई व्यवस्थित एवं मर्यादित बनाउने कार्यमा कलेजका स्वयंमसेवकहरुको योगदानको कदर गर्दै प्रमाणपत्र प्रदान गरिएको हो’ – कलेजका एकेडेमिक कोर्डिनेटर कल्याण पोख्रेलले भने । गत श्रवाणमा ट्राफिक व्यवस्थापनको तालिम लिएर विद्यार्थीहरु स्वयंसेवी रुपमा काठमाण्डौँका सडकहरुमा परिचालन भएका थिए ।

‘ट्राफिक प्रहरीका अधिकारीहरु कलेजमै आएर प्रमाणपत्र दिँदै ट्राफिक सचेतना समेत दिएर सहयोग गरेकोमा कलेजको तर्फबाट धन्यवाद दिन्छौँ ।’ – स्वयंसेवी रुपमा खटिएका विद्यार्थी भुवन भण्डारीले भने ।

कानूनका विद्यार्थीहरुलाई समाजिक उत्तरदायित्वमा कलेजका विद्यार्थीलाई निरन्तर परिचालन गर्ने योजना रहेको क्याम्पस प्रमुख देबेन्द्रबहादुर भण्डारीले बताए । घोकन्ते र सैद्धान्तिक कुरा मात्र नभई क्याम्पस सदैव गुणस्तरीय र व्यवहारिक शिक्षा प्रदान गर्न उद्दत रहेको उनको भनाई छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here