उधनगढीः विश्व नेपाली साहित्य सम्मेलन धनगढी भर्खरै सम्पन्न भयो । सुदूरपश्चिम साहित्यको उर्बर भूमि भएपनि यहाँका साहित्यकारले जहिलेसुकै आफ्ना रचना सुनाउन र पहिचान बनाउन राजधानीका कुनै साहित्यिक सँस्था र तिनका हाकिमहरुकहाँ धाउनुपर्थ्यो । अवस्था परिवर्तन हुँदैछ । संघीयताका तमाम नकारात्मक र निराशाजनक कुरा सतहमा आएसँगै केही सकारात्मक परिवर्तनहरु देखिँदैछन् ।

नागरिकहरुले आफ्नै बोली-भाषा बुझ्ने ‘सरकार’ पाएका छन् । अभियानकर्मीहरुले दवाव दिन नजिकै ‘राजधानी’ पाएका छन् । र पो विभिन्न पेशा, कर्म, रुचीसँग सम्बन्धित विषयका व्यक्तिहरुलाई आत्मविश्वास जागेको छ । राज्यप्रति अपनत्व बढेको छ । ‘विश्व साहित्य सम्मेलन’ आयोजना हुँदा यस्तै देखिन्थ्यो ।

देश-विदेशका चर्चित साहित्यकारलाई सुदूरपश्चिम निम्त्याएर सरकारी प्रतिष्ठानहरुले गर्न नसकेको विशिष्ठ कार्यक्रम सम्पन्न भएकोमा अतिथि खुशी थिए ।

आयोजक सँस्थाका अध्यक्ष साहित्यकार रामलाल जोशी लगायतको प्रयाशले सम्पन्न कार्यक्रममा विभिन्न दर्जनौ विषयमा संवाद सम्पन्न भए । एउटा संवाद थियो गजलमा । शीर्षक थियो, ‘स्वर्णकाल पर्खिएको नेपाली गजल’  । वक्ताहरु थिए डा. घनश्याम परिश्रमी र धनराज गिरी । प्रस्तोता थिए सुदूरपश्चिमबाट नेपाली गजलमा नयाँ आयाम थप्न सकृय युवा गजलकार जनक रसिक ।  प्रस्तोता रसिकले कार्यक्रम गजलबाटै सुरु गरेः

‘दुई आँखी भौँ तयार छन्, तरवार पो किन चाहियो

तिमि आफू मालिक भैगयौ, सरकार पो किन चाहियो..’

हेर्नुस संवादको भिडियोः

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here