अत्तरीयाः अत्तरिया स्थित दुर्गालक्ष्मी माध्यमिक विद्यालयका नायव सुब्बा रतन बहादुर कार्कीले आफ्नो जन्मदिनको अवसरमा अनाथ बालबालिकाको लागि छात्रबृत्ती कोष स्थापना गरेका छन् ।

आफ्नो चालिसौं जन्मदिनको अवसर पारेर कार्कीले चालिस हजार राशीको अक्षयकोष स्थापना गरेका हुन् । अत्तरिया स्थित सुप समावेशी आधारभूत विद्यालयमा अक्षयकोष स्थापना गरिएको हो । कार्कीले आफ्नी स्वर्गीय आमा तुलसी देवी कार्कीको स्मृति मा कोष स्थापना गरेका हुन् । कोषको व्याजबाट प्राप्त हुने ब्याजबाट जेहेन्दार विद्यार्थीलाई छात्रबृत्ती प्रदान गरिने छ ।

Durga Laxmi Secondary School
Durga Laxmi Secondary School

कार्यक्रममा बालबालिकालाई कापी कलम लगायत स्टेशनरी सामान पनि बितरण गरिएको थियो । विभिन्न अपांगता भएका, अशक्त, असहाय तथा अशक्त अभिभावक भएका साठी जना बालबालिका उक्त विद्यालयमा आवासीय सुविधा सहित अध्ययनरत छन् अक्षयकोषको राशी प्रत्येक वर्ष बढाउदै जाने कार्कीले बताए ।

यो पनि पढ्नुहोस्ः  हाम्रो शिक्षा उद्देश्यविहिन, नेतृत्व नीतिविहिन छः मिलन पाण्डे

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here