यहाँनयाँ दिल्लीः विवेकशील नेपाली भारत समिति ले कोरोना भाइरसको संक्रमण फैलिइरहेको भारतमा रहेका दशौँ लाख नेपाली नागरिकहरुको अवस्था सार्वजनिक गर्न माग गरेको छ । अन्तराष्ट्रिय विमानस्थलबाट हुने आवागमनमा मात्र केन्दरित भइरहँदा नेपाल भारत खुला सिमानामा समेत कडा चेकजाँचको व्यवस्था गर्न तथा भारतबाट घर फर्कन चाहने नेपालीहरुलाई त्यसको व्यवस्था गर्न विवेकशीलले माग गरेको छ । Bibeksheel Nepali India

विवेकशील नेपाली भारत प्रवास समितिको तर्फबाट राज क्षेत्रीले प्रकाशित गरेको विज्ञप्तिमा भारतका विभिन्न स्थानमा आइतबार बिहानसम्म ३४ जना भारतीयमा संक्रमणको पुष्टि भैसक्दा त्यहाँस्थित नेपालीहरुको अवस्थामा ध्यान दिन कुटनीतिक नियोगहरु परिचालन गर्न आग्रह गरिएको छ । भारतीय संघीय सरकारको स्वास्थ्य मन्त्रालयका अनुसार दशौँ लाख भारतीयको स्वास्थ्य जाँच गरिएकोमा आइतबार बिहान सम्म लद्दाखमां २, तमिलनाडुमां १, दिल्लीमां १८,आगरामां ६ , गाजियाबादमां १,गुरुग्राममां १, जयपुरमां १, तेलंगानामां १, केरलमां ३ गरी भारत भरी कुल ३४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । ती क्षेत्रमा लाखौँको शंख्यामा नेपाली नागरिकहरु मजदुरी लगायत अन्य पेशाका लागि पुगेका छन् ।

 

प्रेस विज्ञप्ति: भारतमा रहेका नेपाली नागरिकको संबन्धमा बिशेष पहलकदमी लिईयोस

नेपालको उत्तरी छिमेकी जनगणतन्त्र चिनबाट सुरु भइ विश्वभरी फैलिएको त्रासदीपूर्ण कोभिड-१९ (कोरोना भाईरस) बाट बच्न देशभित्रको पूर्वतयारी तथा संसारका विभिन्न कुनाकुनामा रहेका नेपालीको जानकारी, उद्दार र उपचारको लागि लिएका सरकारी कदमहरुको विवेकशील नेपाली दल, भारत प्रवास समिति स्वागत गर्दछ।

अन्तराष्ट्रिय विमानस्थलबाट हुने आवागमन केन्द्रित पुर्वतयारी भइरहँदा नेपालसँग खुला सिमाना रहेको र लगभग ४० लाखकै हाराहारीमा नेपालीहरु रहेको भारतमा नेपालीहरुको अवस्थाबारे अवगत गराउन र बिशेष संबेदनशिलताका साथ नियन्त्रण, पुर्वतयारी र उद्दारका पहलकदमी गर्न विवेकशील नेपाली भारत समिति सरकारसँग जोडदार माग गर्दछ ।

भारतीय संघीय सरकारको स्वास्थ्य मन्त्रालयका अनुसार दशौँ लाख भारतीयको स्वास्थ्य जाँच गरिएकोमा आइतबार बिहान सम्म लद्दाखमां २, तमिलनाडुमां १, दिल्लीमां १८,आगरामां ६ , गाजियाबादमां १,गुरुग्राममां १, जयपुरमां १, तेलंगानामां १, केरलमां ३ गरी भारत भरी कुल ३४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । त्यहाँस्थित नेपाली कुटनीतिक नियोगहरुलाई सकृय बनाई नेपालीहरुको स्थिती यथासिघ्र सार्वजनिक गर्न र घर फर्कन चाहने नेपालीहरुलाई सुरक्षित घर फर्कने माहोल मिलाउनका साथै नेपाल भारत सिमा नाकाहरुमा थप भरपर्दो स्वास्थ्य चेकजाँचको व्यवस्था गर्न सरकारलाई विवेकशील नेपाली दल, भारत प्रवास समिति अनुरोध गर्दछ ।

साथै, नागरिकहरुलाई कुनै पनी भ्रम वा अफवाहमां नलागी भिड़बाट बच्न र यथोचित सुरक्षाका उपाय अपनाउन आग्रह गर्दछौँ । कोरोना रोकथामको लागि राष्ट्रिय स्तरमा मात्र होइन अन्तराष्ट्रिय स्तरमै बृहत संजाल बनाएर काम गर्न आवश्यक छ तसर्थ भारतमा रहेर काम गर्ने नेपाली संघ संस्थाहरुलाई पनी यो विषयलाई लियर नागरिक , स्वास्थ्य निकाय , राजदुतावास लगायत अन्य संयंत्र संग काम गरि आवश्यक पर्दा राहत पुर्याउन अनुरोध गर्दछौं साथै नेपाल सरकारलाई सबै उपलब्ध श्रोत र संगठनहरु यथाशीघ्र परिचालन गर्न आग्रह गर्दछौँ ।

राज क्षेत्री
विवेकशील नेपाली दल, अन्तराष्ट्रिय प्रवास समिति, भारत Bibeksheel Nepali India

 

यो पनिः कतारबाट स्वदेश फर्किन लागेका युवालाई विवेकशील नेपालीले गर्यो सम्मान

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here