काठमाण्डौँः काठमाण्डौँ महानगरपालिकाकी मेयर प्रत्यासी रञ्जु दर्शनाले आफ्नो मोबाइल चोरी भएको बताएकि छिन् । सार्वजनिक यातायातामा लुटपाट तथा पाकेट मार्ने प्रवृत्ति केही समय यता घटेको बताईन्छ । केही समय अघि यस्तो कसुरमा संलग्न भनेर प्रहरीले एक गिरोह नै नियन्त्रणमा लिएको थियो । Ranju Darshana

‘भर्खरै नेपाल यातायातबाट मेरो मोबाइल चोरी भएको छ ।’- फेशबुकमा दर्शनाले लेखेकि छिन्, ‘अपराध महासाखामा खबर गरिसके । लिखित उजुरी पनि दिनेछु।’ विवेकशीलल नेपाली दलकी नेतृ समेत रहेकी दर्शना सार्वजनिक यातायातबाटै कार्यक्रमहरुमा तथा कार्यस्थल आवतजावत गर्छिन । केही दिन सम्पर्क बाहिर रहेपनि छिटै नयाँ सम्पर्क नंबर लिने उनले फेशबुकमा लेखेकी छिन् ।

पछिल्लो समय प्रहरीले सकृयता देखाएसँगै सार्वजनिक यातायातमा लुटपाट घटेको थियो तर चक्रपथ बाहिरका सडकहरुमा भने अहिले पनि यात्रुहरु डराउनुपर्ने नै अवस्था यथावत छ । बसभरी खचाखच यात्रु हुने र त्यही भिडभाडको मौका छोपेर चोरी तथा लुटपाट हुने गरेको छ । खासगरी खल्तिबाट नगद, मोबाइल तथा पर्सहरुमा पाकेटमारको ध्यान गएको देखिन्छ ।

के छ त पाकेटमारको कानून ?

पहिलोपटक पाकेट मार्नेलाई एक महिना जेल सजाय र विगो बरावरको जरीवाना, दास्रोपटक पाकेट मारेको पाईएमा २ महिना जेल र विगो बरावरको जरीवाना अथवा दुबै सजाय हुन सक्ने कानुनी प्रावधान रहेको छ ।

यस्तै, मुलुकी अपराध संहिता २०७४को दफा २४२ बमोजिम चोरी गरेमा हुने सजाय ‘चोरी गर्ने वा गराउने व्यक्तिलाई दुई वर्षदेखि सात वर्षसम्म कैद र बीस हजार रुपैयाँदेखि सत्तरी हजार रुपैयाँँसम्म जरिबाना हुने’ उल्लेख छ ।

 

पाकेटमारहरुले सांकेतिक भाषा प्रयोग गर्दै चोरी तथा लुटपाट गर्ने गरेका छन् । पकेटमारले प्रयोग गर्ने साङ्केतिक भाषाहरु:
पैसा – द
मोवाईल – कान
पोटमार पिडित – रामे
पाकेटमारी गर्ने (मास्टर) – काशी
पैसा धेरै छ – टानको द
पैसा थोरै छ – जुटको द
गाडी – कांचा
केटा – छापा
केटी – भद्रि पुलिस आयो ठल्लादाई आयो
ड्राईभर – माम
खलासी – माले
गाडिबाट झरेर भाग – टप्की
गाडीभित्र अगाडी सर – अकल जा
गाडीभित्र पछाडी सर – चिछल जा

Ranju Darshana
Ranju Darshana

यो पनि पढ्नुहोस्ः खुल्ला मञ्च खोलाउन औजार बोकेर जानुपर्ने दिन आउनसक्छः रञ्जु दर्शना

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here