हाल संसारका हरेक नागरिकले सुनेको शब्द हो ‘कोरोना भाइरस’ अर्थात ‘COVID-19’ । Corona Virus Politics  चीनबाट सुरु भएको भनिएको यो भाइरसले संसार त्रस्त र ठप्प हुँदैगएको छ । तर कोरोना भाइरस एक महामारी रोगको मात्र हैन कोरोनामाथी राजनीति भएको र यो नियोजित भएको कतिपयको ठहर छ । जे भएपनि यो महामारीले विश्वराजनीति र अर्थतन्त्रमा प्रत्यक्ष असर परेको छ । हामीले  कोरोना भाईरस र पछिल्लो राष्ट्रिय तथा अन्तराष्ट्रिय विकाशक्रम केही बुँदाहरुमा पेश गर्ने प्रयाश गरेका छौँः
> पश्चिमा विश्वका ठूला नेता, खेलाडी, कलाकार र सेलिब्रेटीहरुमा कोरोना पुष्टि भएपछि बल्ल विश्व स्वास्थ्य संगठन (डब्लयुएजओ) ले ‘विश्वव्यापी महामारी’ घोषणा गरेको छ । 
 
> अमेरिकी उपराष्ट्रपतिले कोरोनाको खोप पत्ता लगाउन ६ महिना लाग्ने बताएका थिए तर चिनले कोरोनाको उद्गम वुहान शहर कोरोनामुक्त भएको घोषणा गरेको छ ।
 
> चीनको विदेश मन्त्रालयका प्रवक्ता जाउ लिजियानले कोरोना भाइरस अमेरिकी सेनाले फैलाएको दाबी गरेका छन् । स्मरणीय छ उता पश्चिमा नेताहरु कोरोनालाई ‘उहान भाईरस’, ‘भाइनिज भाईरस’ भन्ने गरेका छन् भने अमेरिकी राष्ट्रपतिले त ‘विदेशी भाइरस’ भनेका छन् । हालै उनले आफ्नो युरोप यात्रा समेत कोरोनाकै कारण रद्ध गरेका छन् ।
 
> विश्व अर्थतन्त्र, स्टक एक्चेन्ज ठप्प भएकोछ भने अल्पविकशित राज्यहरु त्रासमा बाँचिरहेका छन् । चिन कोरोना मुक्त हुँदै गइँरहँदा नेपालको दक्षिणी छिमेकी भारतमा एकको मृत्यु पुष्टि भैसकेको छ भने सयौँ आइसोलेसनमा छन् । नेपाल थप संकटमा पर्ने निश्चित छ ।
 
> बदलिँदो क्षेत्रीय भूराजनीतिमा नरेन्द्र मोदीले ‘कोरोना संकटसँग जुध्न सार्क क्षेत्रको सहकार्य’ प्रस्ताव गरेसँगै हिन्द उपमहाद्वीपमा राज्यसञ्चालन र कुटनीति थप उद्वेलित भएको छ । सार्कलाई महत्व नदिएको र बिमस्टेक नामक नयाँ फोरममा पाकिस्तानलाई ‘आइसोलेसन’मा राखेको भारतलाई सार्कको महत्व कोरोनाले सम्झाइदिएको विश्लेषणहरु हुन थालेका छन् ।
 
> भारतले नेपाली र भुटानी बाहेककालागी नाका बन्द गरेको छ भने नेपालले सबै विदेशी नागरिकलाई श्रम स्वीकृति र अनअराईभल भिसा रद्ध गरेको छ । हिमाल आरोहण तथा पर्यटकीय कर्म रद्ध भएका छन् । स्कुल बन्द नगरेको तथा कोरोना संक्रमण रोक्न कदम नचालेको आरोप लागेको नेतृत्वविहिन नेपाल सरकारले सर्वदलीय बैठक बोलाएर राष्ट्रिय एकता ल्याउन खोजेको छ ।
 
> केही अनलाईन मिडियाहरुले अतिरञ्जित र झुटा समाचार फैलाएर त्रासको खेति गरेका छन् । कालोबजारी, कृत्रिम अभाव लगायतका आर्थिक विचलनहरुले छाया अर्थतन्त्र उकासिने र जनजीवन त्रस्त हुँदै गएको छ । आर्थिक गतिविधि न्युन भएका छन् भने विश्वशक्तिहरुको अर्थतन्त्र दौडमा धक्का पुगेको छ ।
> पक्का छ विज्ञानको प्रभाव र मानवको विवेक तथा सामुहिक प्रयाशले यो महामारी विरुद्धको युद्ध जितिनेछ तर यस्तो पिडादायी महामारीलाई जोजसले राजनीति गर्ने, कमाई गर्ने, प्रभाव जमाउने जस्ता काम गर्न इतिहासले तिनको मानवताविरोधी कार्यको मुल्यांकन गर्ने नै छ ।
> तत्कालालई आफू सुरक्षित रहने तथा अरुलाई सुरक्षित रहन मद्दत गर्नुनै व्यक्तिगत दायित्व हुन जान्छ भने राज्यले आफ्ना संयन्त्रहरु नागरिकको स्वास्थ्य सुरक्षाका लागि प्रभावकारी परिचालन गर्नुपर्छ तथा अन्तराष्ट्रिय शक्तिहरु र राज्यहरुबीच सहकार्य र आपसी विश्वा जरुरी छ । Corona Virus Politics
( https://www.hastalikhit.news/ का लागि सम्पादन डेस्कको समाग्री )

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here