काठमाण्डौँः  मेगा बैंक नेपाल लिमिटेड र सुलभ हेल्थ बीच स्वास्थ्य सेवामा छुट सम्बन्धि सम्झौता भएको छ । बैंकको कुमारीपाटी स्थित शाखा कार्यालयमा आयोजित कार्यक्रममा हस्ताक्षर गरिएको सम्झौता पत्र साटासाट गरेर उक्त घोषणा गरेका हुन्। उक्त सम्झौतापत्रमा बैंकको तर्फबाट बैंकका उप-कार्यकारी प्रमुख रबिना देशराज जोशी र सुलभ हेल्थको तर्फबाट सुलभ हेल्थका डाइरेक्टर साईरा श्रेष्ठले हस्ताक्षर गरिएको थियो । Sulav Health

सम्झौतामा बैंकका कर्मचारी, कर्मचारीका परिवार, बैंकको डेबिट कार्डवाहक तथा बैंकका सम्पूर्ण ग्राहकहरुलाई आवश्यक परेको बेला घर मै नर्स बोलाउने सेवा सुविधाहरुमा १५% सम्मको छुट प्रदान गर्ने गरि सम्झौता भएको छ ।

उक्त सम्झौताको बारेमा बोल्दै सुलभ हेल्थका डाइरेक्टर साईरा श्रेष्ठले भने, ‘हामी मेगा बैंक जस्तो एक प्रतिष्ठित र सन् २०१९ का लागि ‘बैंक अफ दि इयर’ बन्न सफल बैंकसँग यस प्रकारको सहकार्य गर्न पाउँदा उत्साहित छौँ। यस सहकार्य सँगै नेपालमा घर घरमै नर्सिङ्ग सेवा मार्फत मानिसको जीवन सहज बनाउनको लागि एउटा अर्को पाइला अगाडी सारेका छौँ जस्तो लागेको छ।’

त्यसै गरी मेगा बैंकका कुमारीपाटी शाखा प्रमुख हेरी राज महर्जनले भने, ‘स्वस्थ नेपाली-समृद्ध नेपाल बनाउने हाम्रो लक्ष्य तर्फ एक कदम अगाडी बढेको भान भएको छ। यस किसिमको सहकार्यबाट बैंकका ग्राहकहरु लाभान्वित हुने विश्वास बैंकले लिएको छ।’

सुलभ हेल्थ नेपाल सरकारबाट अनुमती प्राप्त वृद्ध आमा – बुवा र बिरामीलाई घर घर मै उच्चस्तरीय स्वास्थ्य तथा नर्सिङ्ग सेवा दिने संस्था हो । यसका साथै तालिम प्राप्त ल्याब टेक्निसियनबाट ल्याबसंग सम्बन्धित सेवा, फिजियोथेरापी सेवा, आवस्यकता अनुसार चिकित्सा उपकरणहरू बिक्री वा भाडामा उपलब्ध गराउनु, अनुभबी डाक्टरहरु द्वारा घर–घरमै बिरामीको जांच जस्ता अन्य थुप्रै सेवाहरु लिन सकिने कम्पनीले जनाएको छ। Sulav Health

यो पनि पढ्नुहोस् हैः ९ बुँदामा बुझौँ कोरोना भाईरसः कति प्रकोप, कति राजनीति ?

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here