काठमाण्डौँः  नेपालका सातै प्रदेशका मुख्यमन्त्रीहरूलाई सरकारले काठमाडौं बोलाएको छ। कोरोनाभाइरस संक्रमण नेपालमा पनि देखिन सक्ने भएकोले सतर्कता अपनाउन र कसरी एकीकृत कार्ययोजना बनाएर जान सकिन्छ छलफल गर्न मुख्यमन्त्रीहरूलाई बोलाइएको सेतोपाटी अनलाइनले लेखेको छ । Corona Nepal

सरकारले उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलको संयोजकत्वमा कोरोनाभाइरस रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समिति गठन गरेको छ। उक्त समितिले नै बैठकका लागि मुख्यमन्त्रीहरूलाई काठमाडौं बोलाएको हो। बैठक सिंहदरबारमा बस्नेछ।

उपप्रधानमन्त्री पोखरेलका प्रेस संयोजक लोकेन्द्र केसीले दिउँसो १ बजे बैठक राखिएको जानकारी दिनुभयो।‘कतिपय मुख्यमन्त्रीजीहरू काठमाडौं आइसक्नुभएको छ। कतिपय आउँदै हुनुहुन्छ,’ उहाँले भन्नुभयो, ‘कोरोनाभाइरस संक्रमणसँग कसरी जुध्ने एकीकृत कार्ययोजना बनाएर अगाडि जाने विषयमा बैठकमा छलफल हुनेछ।’

बैठकमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अहिलेसम्म सरकारले गरेका कार्यप्रगतिका विवरण पेश गर्ने कार्यक्रम छ। मुख्यमन्त्रीहरूले पनि कोरोनाभाइरस संक्रमण फैलन नदिन गरेका पूर्वतयारीबारे बैठकमा रिपोर्टिङ गर्ने कार्यक्रम छ।

यो पनि पढ्नुहोस्ः  ९ बुँदामा बुझौँ कोरोना भाईरसः कति प्रकोप, कति राजनीति ?  Corona Nepal

भारतले नेपाली र भुटानी बाहेककालागी नाका बन्द गरेको छ भने नेपालले सबै विदेशी नागरिकलाई श्रम स्वीकृति र अनअराईभल भिसा रद्ध गरेको छ । हिमाल आरोहण तथा पर्यटकीय कर्म रद्ध भएका छन् । स्कुल बन्द नगरेको तथा कोरोना संक्रमण रोक्न कदम नचालेको आरोप लागेको नेतृत्वविहिन नेपाल सरकारले सर्वदलीय बैठक बोलाएर राष्ट्रिय एकता ल्याउन खोजेको छ ।

केही अनलाईन मिडियाहरुले अतिरञ्जित र झुटा समाचार फैलाएर त्रासको खेति गरेका छन् । कालोबजारी, कृत्रिम अभाव लगायतका आर्थिक विचलनहरुले छाया अर्थतन्त्र उकासिने र जनजीवन त्रस्त हुँदै गएको छ । आर्थिक गतिविधि न्युन भएका छन् भने विश्वशक्तिहरुको अर्थतन्त्र दौडमा धक्का पुगेको छ ।

पक्का छ विज्ञानको प्रभाव र मानवको विवेक तथा सामुहिक प्रयाशले यो महामारी विरुद्धको युद्ध जितिनेछ तर यस्तो पिडादायी महामारीलाई जोजसले राजनीति गर्ने, कमाई गर्ने, प्रभाव जमाउने जस्ता काम गर्न इतिहासले तिनको मानवताविरोधी कार्यको मुल्यांकन गर्ने नै छ ।

तत्कालालई आफू सुरक्षित रहने तथा अरुलाई सुरक्षित रहन मद्दत गर्नुनै व्यक्तिगत दायित्व हुन जान्छ भने राज्यले आफ्ना संयन्त्रहरु नागरिकको स्वास्थ्य सुरक्षाका लागि प्रभावकारी परिचालन गर्नुपर्छ तथा अन्तराष्ट्रिय शक्तिहरु र राज्यहरुबीच सहकार्य र आपसी विश्वा जरुरी छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here