हामी देश समृद्धि का नारा लगाउँछौ अनि हामी देश समृद्ध भएन भनेर एक अर्का लाई दोष पनि लगाउँछौ। देश खोक्रो भयो भन्छौ तर देश कसरी खोक्रो भयो त्यो जान्दैनौं। देश बनाउन हामी ठूला ठूला समस्या को समाधान गर्न तर्फ त लाग्छौँ तर हामी कहीं सानो सानो कुरा मा त अल्झेका छैनौं । कहीं सानो समस्या ले गर्दा ठूलो समस्या मा प्रभाव परिरहेको त छैन। त्यही सानो समस्या ले देश खोक्रो त भइरहेको छैन। यस्ता साना साना समस्या को पहिचान हामी ले गर्न जरुरी पनि छ । Diwakar Bhatt

एउटा पुस्ता ले त साशन गर्छ तर त्यो मात्रै शासन गरिरहने त होइन। नयाँ पुस्ता ले पनि त साशन गर्ने हो । भनिन्छ आजका बालबालिका भोलि का देश का भविष्य हुन रे। कहीं ती बालबालिका को भविष्य उज्जल बनाउने कोशिस गरियो भने देश को भविष्य पनि उज्जल बन्ने थियो कि ? बालबालिका लाई राम्रो सँस्कार दिन सकियो भने पछि देश मा पनि राम्रै संस्कार बस्ने थ्यो की ? पक्कै पनि हामी ले जस्तो इनपुट दियौँ त्यही प्रकार की आउटपुट पनि आउँछ। आज बालबालिका लाई समृद्ध बनाउन सकियो भने भोलि देश आफै समृद्ध हुन्छ। आज बालबालिका समृद्ध बनाउन मेहिनेत गर्यौ भने भोलि देश विकास गर्न मेहेनत नै गर्नु पर्दैन किनकी देश को भविष्य त बालबालिकाको भविष्य मा भर पर्ने कुरा हो ।

बालबालिका मा लगानी गर्ने भनेर विभिन्न सघं संस्था हरु लागिरहेका छन् तर त्यो भन्दा पनि जसले लगानी गरेर सुहाउने हो त्यसले लगानी गर्नु पर्यो । आफ्नो छोराछोरी पराई ले आएर पालिदिदा पनि के आम बुवाले हेरेर नै बस्ने ? बालबालिका लाई कुनै एनजीओ आईएन जिओ ले भन्दा पनि सरकारले हौसला दिनु पर्यो, सरकार ले लगानी गर्नु पर्यो। एक विद्यार्थीको जीवन कसरी चल्छ भने स्कूल गएर किताब घोकेर पछि विदेश गएर घर परिवार पाल्ने। त्यसलाई देश को बारेमा सोच्ने समय नै हुँदैन । कोही आफ्नो भविष्य बनाउँछु र देश पनि बनाउँछु भन्ने विद्यार्थी हरुलाई यहाँका राजनीतिक दल ले बिगारिदिने गर्छन् ।

जब कुनै पनि विद्यार्थी लाई केही पनि थाहा हुँदैन तर त्यसको मनमा देश बनाउने चाहना हुन्छ भने त्यसलाई सानै छदा यहाँका राजनीतिक दल ले अपनाउने गर्दछन् र भन्ने गर्दछन् कि बाबु तिमी लाई त हामी विद्यार्थी नेता बनाउँछौं, तिम्रो भविष्य पनि बन्छ र देश को पनि। त्यो सानो बालक लाई थाहा पनि हुँदैन की त्यसको भविष्य बनिरहेको छ की त्यसको भविष्य डुबिरहेको छ र त्यो देश बनाउने सपना लाई बिस्तारै भुल्दै जान्छ । सानो एक विद्यार्थी लाई त कुनै पद पाइयो जस्तै कुनै पनि कुराको अधक्ष्य सचिव बन्न पाइयो भने त्यो खुसी हुन्छ र त्यही खुसी भएको बेला त्यसको दिमागमा जस्तो कुरा भर्न सकियो भविष्य मा त्यो त्यस्तै बन्ने गर्दछ । त्यसको दिमागमा राम्रो कुरा दिन सकियो भने देश को कर्णधार बन्छ र राजनीतिक दलका नेताहरु आफू जस्तै बनाउन चाहे भने त्यो पनि त्यस्तै बन्ने गर्छ। सानो उमेर मै त्यो के सही के गलत भनी छुट्टयाउन सक्दैन तर आफू भन्दा सिनियर को सिको भने पक्कै गर्ने गर्छ । त्यो देश बनाउँछु भनी आएको बालक चाहँदा नचाहँदै पनि कुनै पार्टीको विद्यार्थी संगठन को नेता भइसकेको हुन्छ र त्यो बालक को सपना ती विद्यार्थी संगठन हरुले भताभुङ्ग पारिदिएका हुन्छन्।

त्यो विद्यार्थी नेता तिनीहरुकै सँग लागेर विद्यार्थी छदै डराउने, धम्काउने र आफ्नो पावर देखाउने गरिहाल्छ । जसो तसो सर हरु लाई धम्काएर स्कोल पास गर्छ। कलेज गइसकेपछि त त्यो झन् अपराध नै गर्न थाल्छ र पार्टी को धाक पेल्ने गरिहाल्छ। राजनीति र पार्टी बारे थाहा नहुँदा नहुँदै पनि त्यो पार्टी को नेता बनिहाल्छ र आफ्ना ठूलाबडा को जस्तै त्यो पनि देश खोक्रो बनाउन थालिहाल्छ। र बल्ल जब त्यसलाई होस आउँछ तब त ऊ एक सच्चा पार्टी को ठूलो नेता बनेको हुन्छ र अब त उसले पार्टी को र आफ्ना ठूलाबडा नेता को डर ले पनि त्यो काम गर्नै पर्छ । एक सच्चा देश बनाउँछु भन्ने बालक को दिमाग मा भुस भरेर त्यसको दिमाग को गलत फाइदा उठाएर त्यसको सपना लाई मार्ने गर्छन् कुनै पनि पार्टी का विद्यार्थी संगठन हरुले। कोही विदेश गएर देशको भविष्य भुल्छन् भने देश बनाउँछु भन्ने कसै को लहलह मा लगेर भुल्ने गर्छन देशलाई रे देशको हाल आज जे त्यही रहन्छ।

त्यसैले यदि देश बनाउनु छ भने विद्यार्थी मा लागेको राजनीतिक दलको सिन्डिकेट तोड्नु जरुरी हुन्छ। जब सम्म त्यो आफै निर्णय लिन सक्ने हुन्न तब सम्म त्यसलाई स्वतन्त्र छोडी दिनु पर्छ। जब कुनै पनि विद्यार्थी आफै सोच्न सक्छ तब उसलाई थाहा भैहाल्छ की देश कसरी बन्छ भनेर। आफ्ना सिनियर को सिको जसले पनि गर्ने भएकाले त्यो विद्यार्थीको पछिको पिडिले पनि त्यसलाई सिको गर्छ र देश आफै समृद्ध तर्फ जान्छ।

(लेखक दिवाकर भट्ट बैतडी जिल्लाको दशरथ चन्द नगरपालिका वडा नं २ को बाल सञ्जालका अध्यक्ष हुन्। उनी हाल १० कक्षामा अध्ययन रथ छन् ।)

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here