धनगढीः मौलिक जरोकिलो पार्टी सुदूरपश्चिम प्रदेश समितिको अग्रसरतामा गोकुलेश्वर अस्पताल दार्चुला, जिल्ला अस्पताल बैतडी तथा दुबै जिल्लाका सिमा नाका सुरक्षार्थ खटिएका सशस्त्र प्रहरी बललाई स्वास्थ्य सामग्री सहयोग गरिएको छ। maulik jarokilo party

भारत संग सिमाना जोडिएका सुदुरपश्चिमका बिभिन्न जिल्लाहरू कोरोना संक्रमणको उच्च ‌जोखिममा रहेका छन् । विशेष गरी पाहाडी जिल्लाहरुमा स्वास्थ्यकर्मी तथा सिमानामा खटिएका सुरक्षाकर्मीहरुको लागि आवश्यक पर्ने स्वास्थ्य सामाग्री उपलब्ध नभएको र ती स्वास्थ्य सामग्री स्थानीय बजारमा अभाव हुन थालेपछि पार्टीको सुदूरपश्चिम प्रदेश समितिको अग्रसरतामा काठमाडौँबाट खरिद गरेर उपलब्ध गराइएको पार्टीका प्रदेश अध्यक्ष खिमानन्द जोशीले बताए ।

“कोरोना महाव्याधीको संकटको समयमा समेत अहोरात्र खटिनुभएका स्वास्थ्यकर्मी तथा सुरक्षाकर्मीलाई पनि संक्रमणको खतरा रहन्छ। स्वास्थ्य सामग्रीको अभावमा उहाँहरूलाई जोखिममा काम गराउनु राम्रो होइन। उहाँहरुको योगदानको कदर गर्दै मनोबलमा अलिकति पनि ह्रास आउन नदिन हामीले गक्ष अनुसारको सहयोग गरेका हौँ। हाम्रो यो प्रयास संख्यात्मक हिसाबले धेरै नदेखिए पनि सरोकारवाला सबैमा गुणात्मक सन्देश प्रवाह हुने आसा ‌गर्न सकिन्छ।” मौलिक जरोकिलो पार्टीका सुदूरपश्चिम प्रदेशद्वारा जारी विज्ञप्तिमा बताइएको छ ।

निम्न लिखित स्वास्थ्य सामग्री सहयोग गरिएको थियो।
१) सर्जिकल मास्क= १२०० थान
२) सर्जिकल गल्ब्स= १८०० थान
३) स्यानिटाइजर= २६ थान
४) पिपिई= ८ थान

maulik jarokilo party

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here