म सम्झिन चाहन्न ति पलहरु
जस्ले रुवाउन थाल्छन् मलाई ।
म अल्झिन चाहन्न्न ति कुराहरुमा
जस्ले बिर्साई दिन्छन् मेरो उद्देश्य ।।

म जे छुँ, जहाँ छु, मेरै कारणले छुँ
म आफ्नै हिसाबले बाँचिरहेछुँ ।
मलाई दु:खमा खुसी दिन नआउनु
दु:खमै रमाउने बानी भैसक्यो ।।

आफ्ना पराया भन्ने कुरा न हो
छोड्दा रहेछन् एकदिन सबैले ।
म एक्लै जीन्दगी बिताउन चाहन्छुँ
निर्णयमा भाँजो हाल्न नआउनु ।।

बनाईसके मैले ढुङ्गा जस्तो मुटु
पगाल्न नआउनु,अँगाल्न नआउनु ।
मान्छे चिने ईश्वर चिन्न चाहन्छुँ
मलाई लक्षबाट विमुख गर्न नआउनु ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here