काठमाण्डौँः रोल्पामा जंगलमा बेवारिसे अवस्थामा छोडिएको बम विष्फोट भएर गाईबाख्रा चराउन गएका चार जना बालबालिकाले ज्यान गुमाउनु परेको घटनाप्रति मौलिक जरोकिलो पार्टीले दु:ख व्यक्त गरेको छ । पार्टीका प्रवक्ता लक्ष्मण पोख्रेलले जारी गरेको विज्ञप्तिमा यतिका बर्षसम्म विष्फोट पदार्थहरु नहटाईनु गैह्र जिम्मेवारीको परकाष्टा भएको बताइएको छ ।

पार्टीले मृतक बालबालिकाप्रति हार्दिक श्रद्धान्जली तथा शोकसन्तप्त परिवारप्रति गहिरो समवेदना पनि प्रकट गरेको छ ।
बृहद शान्ति सम्झौता भएको १४ वर्ष बितिसकेको छ । ‘तत्कालिन सरकार पक्ष दलहरु र विद्रोही पक्ष पटक पटक सत्तामा पुगिसके तैपनि द्वन्द्वको क्रममा राखिएका यस्ता विष्फोट पदार्थहरु द्वन्द भए पश्चात् पनि यत्तिका बर्षसम्म पनि नहटाईनु गैह्र जिम्मेवारीको परकाष्टा हो । यस किसिमको बेवारिसे हतियार विष्फोट भइरहनु चिन्ताको विषय हो’ – विज्ञप्तिमा भनिएको छ ।

यस्ता बेवारिसे बमले सर्वसाधारणको सुरक्षा चुनौती बढाएको हुँदा यस्ता घटनालाई गम्भीरतापुर्वक लिंदै बेवारिसे बम हुन सक्ने सम्भावित क्षेत्रको पहिचान गरी युद्ध पश्चात गरिने वैज्ञानिक डिमाईनिङ्ग योजना बनाएर कार्यान्वयन गर्न मौलिक जरोकिलो पार्टीले माग गरेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here