भानुभक्तले रामायणमा लेखेका छन् कि सूर्य मा पनि त अन्धकार हुन्छ भने मान्छेको जीवनमा त कति होला कति । त्यै अन्धकार मध्येको मान्छे को जीवन मा हार को स्वाद चखाउने एउटा पक्ष हो डर। मान्छे को जीवन त्यसको आत्मविश्वास र मनोबलमा भर पर्ने गर्दछ। मान्छेले कुनै पनि कुरामा आफ्नो आत्मविश्वास र मनोबल ले जीत हात पार्न सक्छ। Diwakar Bhatt

आत्मविश्वास,मनोबल र सकारात्मक सोच नै मानव सभ्यता मूल खम्भा हुन। तर युगौं युग देखि मान्छेले यस्ता पनि पक्ष बनाइदिएका छन् की जो सँग सामना नगरीकनै हार सुइकर गरिदिन्छन् केवल डरले।भनिन्छ मानिसको पूर्ण जीवन त्यसको त्यसको बाल्यकालमा निर्भर हुन्छ रे र त्यसै बाल्यकाल मा बालबालिका को दिमाग मा जे भर्न सकियो त्यै भविष्य मा लागू पनि गर्ने गर्दछन्। बाल्यकाल मा निडर स्वभाव को बालक पछि पनि निडर नै बन्छ तर बाल्यकाल एउटा डर मान्ने बालक पछि पनि डरी रहन्छ र त्यो पछि जीवन संग नै डर्ने गर्दछ।

बालबालिका जन्मिँदा देखि नै यो समाज तिनीहरूलाई डराउन सिकाउँछ। बालबालिका सानो छँदा रुने गर्दछन्। त्यै रुने बेला त्यसलाई सान्त पार्न भनिन्छ बाबु नरो बाघ आउँछ अनि लैजान्छ। त्यो बालक त्यस्तो कुरा सुन्दा केही बेरको लागि सान्त त हुन्छ तर त्यसको मनमा कैले नहट्ने एउटा कुरा जन्मी सक्छ जुन हो डर। अब त्यो बालक बाघ सँग डराउन थाल्छ। र त्यस्तै अनेकौं कुरामा पनि पछि त्यो डर्दै जान्छ। हाम्रो समाज बाग सँग डर्नु पर्छ भन्ने त सिकाउँछ तर बाग सँग सामना गर्नु पर्छ भनेर सिकाउँदैन। हाम्रो समाज राजनीति गर्नु नराम्रो हो भनेर सिकाउँछ तर स्वच्छ राजनीति गर्नु पर्छ भनेर सिकाउँदैन। हाम्रो समाज बालबालिका लाई यसरीनै धेरै कुरा मा डराउने गर्दछ जुन डर त्यसको जीवन मा कैले छोड्दैन।

भर्खरै मात्र राजतन्त्र बाट लोकतन्त्र मा गएको नेपाल जस्तो देशमा नेताहरु ठूलो पदमा पुगिसकेपछि राजाको जस्तै जनताहरू बाट टाढिन खोज्छन् र आफ्नै दाजुभाइ हरु भएर पनि बालबालिकालाई ती नेताहरुसँग पनि डर लाग्ने गर्छ। स्थानीय तहदेखि केन्द्र सम्म को सरसर कुनै सँग पनि आफ्ना कुरा खुलेर राख्न सक्दैनन् बालबालिका। कुनै पनि बालबालिकाको हितमा गर्ने भनेर आयोजना गरिएको कार्यक्रममा बालबालिका लाई समावेश नगरिँदा, बालबालिकाका कुरा नसुनिदा पनि भित्र भित्रै डर्ने गर्छन् बालबालिका र आफ्ना कुरा कसै सामु खुलेर राख्न पनि सक्दैनन्। बाघ जस्ता राजाहरूको डर, स्याल जस्ता नेताहरुको डर आखिर कति बस्ने बालबालिकाले डरमा?

यदि देश बनाउनुछ छ भने कुनै पनि नेतृत्व ले बलबिकालाई समावेश गर्नु पर्छ। आफ्ना हरेक कार्यक्रम हरुमा बालबालिकाको कुरा पनि सुन्नु पर्छ। सर्प जति सुकै सानो भए पनि त्यसको विष सानो हुँदैन भन्छन् त्यसैले बालबालिकाले सही मान्छे संग सही कुरा गर्न सक्यो भने तिनीहरू पनि पक्कै केही गर्न सक्थे की ? देश को पछि नेतृत्व गर्ने बालबालिका भएकाले बालबालिकालाई नेतृत्व देखि डराउनु हुँदैन। दूषित राजनीति बाट त बालबालिका आफै डर्ने गर्दछन् त्यसैले कुनै पनि राज्यमा ढुङ्गा मुढा रहित स्वच्छ राजनीति हुनु जरुरी हुन्छ।

हाम्रो शिक्षा प्रणाली देखि पनि डर मान्ने गर्छन बालबालिका कसरी भने हाम्रो यहाँ त परम्परा नै बसिसकेको छ कि पढेर नेपालमा केही हुन्न विदेश जानुपर्छ भन्ने र यहाँको कुनै पनि बालबालिका आफू भविष्यमा के बन्ने भनेर पढ्दैन कि अलिकति पढेर विदेश जानु पर्छ भनेर पढ्ने गर्छ। यदि बालबालिकालाई निडर नागरिक बनाउनु छ नेपालमै गरिखाने बनाउनु छ भने गाउँ गाउँ का विद्यालय हरु मा पनि प्रयोगात्मक शिक्षा प्रणाली हुनु जरुरी छ।

मान्छेलाई आत्मविश्वासीलो बनाउनु छ भने सानै देखि आत्मविश्वासीलो संस्कार दिनु पनि जरुरी छ। बालबालिकालाई हामी गरीब देश नागरिक हौं नभनिकन हामीले धनी देश जस्तै बन्नु पर्छ भनी सिकाइनुपर्छ।बल्ल मात्र बन्छ एउटा देश को निडर नागरिक। त्यस्तै हरेक कुरामा बालबालिका लाई आत्मविश्वासीलो बनाउनु पर्छ।

त्यसैले कुनै पनि देशमा सभ्य र सुसंस्कृत समाज बनाउनुछ भने बालबालिका सभ्य र सुसंस्कृत हुनु जरुरी हुन्छ र बालबालिकालाई सानै देखि डर मान्ने नबनाई कुनै पनि डर को सामना गर्ने बनाउनु पर्छ । कहिले काँही कुनै स्थानमा बालबालिकाका राम्रा कुरा सुनिनु पनि पर्दछ। बालबालिका लाई एकान्त ठाउँमा राखी बालबालिकाको हित मा कुरा र कार्यक्रम गरेर बालबालिकाको मनोबल घटाउनु भन्दा र डराउनु भन्दा बालबालिका को थोरै मात्र भए पनि कुरा सुनी बरु नराम्रो भए परिमार्जित गरी बालबालिका को मनोबल बढाउनुपर्छ। बालबालिकालाई डर र कर मा नभई रहरमा बाँच्न दिनु पर्छ। बालबालिकालाई डर मा होइन माया, प्रेम र स्वतन्त्र रूप मा आफ्ना लागि भविष्य छनोट गर्न दिनु पर्छ।
जय बालबालिका।
जय नेपाल।

दिवाकर भट्ट
बैतडी
(अध्यक्ष )
निङलाशैनि क्लब

Diwakar Bhatt बाट थप लेखहरुः

बालबालिका आइएनजिओका, विद्यार्थी राजनीतिक दलका अनी राज्य कसका लागि ?

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here