महिला शशक्तिकरण धारणाको बिकास सङ्गसङ्गै समाजमा महिलाको अवस्थामा बिस्तारै परिवर्तन आएता पनी सोचेजस्तो परिवर्तन आउन सकेन । महिला शशक्तिकरण धारणाको बिकास २०औँ सताब्दी यता भएको थियो तर आज २१ औं शताब्दीमा आईपुग्दा पनि शिक्षा, रोजगारी,सामाजिक राजनितिक क्षेत्रमा महिला सहभागीताको अवस्था पुरुषहरूको तुलनामा ज्यादै न्यून छ । यसबाट के स्पष्ट हुन्छ भने समाजमा महिलाको अवस्थामा अझैपनी उल्लेख्य परिवर्तन हुन सकेको छैन, महिला शशक्तिकरण का बाधक धेरै कुरा छन् ।

राजनितिमा महिला सहभागीता
राजनितिमा महिला सहभागीताको इतिहास निकै गौरवशाली छ,नेपालका महिला राजनितीज्ञको इतिहास हेर्ने हो भने सहाना प्रधान, द्वारिकादेवी ठकुरानी, मंगलादेवी सिंह, शैलजा आचार्य आदिको इतिहास पाउँन सक्छौ जुन बिर्षनै नहुने छन् ।
राजनितिमा निरन्तर सक्रिय सहाना प्रधान २०४६ पछिको अन्तरिम सरकारमा उधोगमन्त्री थिइन् । त्यस्तै नेपालको पहिलो महिलामन्त्री द्वारिकादेवि ठकुरानी हुन् ।

इतिहास पल्टाएर हेर्दा महिला राजनितीज्ञको इतिहास गौरवशाली देखिएतापनी नीतिनिर्माण तहमा थोरै संख्यामा मात्र महिला नेतृत्व पुगेको देखिन्छ । र अहिलेको अवस्था पनि त्यस्तै छ, त्यसो त महिला राष्ट्रपति भएको देशमा,नीतिनिर्माण तहमा महिला पुग्न सकेनन् भन्न उपयुक्त नहोला तर महिला राष्ट्रपति भएकोमा मात्रै मख्ख परेर बस्ने अवस्था छैन ।

राजनितिमा महिला सहभागीताका चुनौती
हाम्रो समाज जतिसुकै आधुनिकता तिर लम्किएको भएपनि,समाजमा महिलालाई हेर्ने दृष्टिकोण परिवर्तन हुन सकेको छैन ।
महिला सशक्तीकरणका कुरा जति गरेपनि आजपनी महिलाहरुले आफ्नो, कार्यदक्षता र क्षमताको सदुपयोग गर्न पाएका छैनन् । संविधानले महिलालाई राजनितिमा अघि बढ्ने अवसर दिएतापनी सामाजिक सांस्कृतिक मुल्यमान्यता र पितृसत्तात्मक सोचाईले गर्दा महिला राजनितिमा अघि बढ्न सकेका छैनन् ।

आफ्ना छोरी/बुहारी राजनेता बनोस् भन्ने चाहना राख्ने वा राजनितीमा सक्रिय होस् भन्ने कल्पना गर्नपनी गार्‍हो मान्ने हाम्रो समाजमा महिलाहरू अघि बढ्न थाले भने उनीहरुको क्षमता,ज्ञान र कार्यकुशलता लाई बेवास्ता गरेर उनीहरुको चरीत्रसङ्ग लगेर जोडिदिने र महिलालाई कमजोर देखाउँने प्रवृत्ति ब्याप्त छ ।

कुनैपनी परिवारमा एउटा छोरा मान्छे राजनीतिमा लागेको छ भने उसलाई परिवारको साथ,सहयोग हुन्छ नै तर त्यहीँ परिवारमा छोरी राजनितिमा रुचि देखाउन थाली भने त्यो कुरालाई परिवारले रुचाउँदैन, बिबाह, भविष्य, सन्तान उत्पादन आदि आदि बिषयलाई अघि सारेर छोरीको मनस्थिति कमजोर बनाईन्छ ।

समाजमा त्यस्ता कमै अभिभावक होलान् जो आफ्ना छोरी/बुहारी राजनीतिमा सक्रिय होस् भन्ने चाहना राखुन । शारीरिक हिसाबले महिलाहरु पुरुषहरूको तुलनामा कमजोर हुन्छन् तर बौद्धिक हिसाबले महिलाहरु पुरुषभन्दा कम छैनन् । जसको उदाहरण नेपालका महिला नेतृत्वहरुको इतिहास साक्षी छ त्यस्तै भारतको इन्दिरा गान्धी, श्रीलंकाकि चन्द्रीका कुमारातुंगा, पाकिस्तानकी वेननेजर भुट्टो, भारतकी सोनिया गान्धी पुस्ताका महिला नेतृत्व छन् जसले उत्कृष्ट नेतृत्व प्रदान गरेर इतिहासमा आफ्नो नाम राखेका छन् ।

यो तथ्यबाट यहि कुरा स्पष्ट हुन्छ, महिलाहरु नेतृत्वका लागि पुरुष भन्दा कम छैनन् । तर लैंगिक भेदभावपूर्ण सोचाई, महिलाहरु पुरुष बाट सुरक्षीत हुनुपर्छ, पुरुषहरूको अर्डरमा चल्नुपर्छ भन्ने सोचाईले गर्दा महिलालाई अघि बढ्न दिएको छैन । कुनै राजनितीक पृष्ठभुमिबाट आएका महिला र पुरुषको बिचमा बिबाह भयो भने बिबाह पश्चात् पुरुषको राजनीति जिवनमा कति पनि असर पर्दैन उ उत्तिकै सक्रिय रुपमा राजनीतिमा अग्रसर भईरहन सक्छ तर महिलाको हकमा यो कुरा फरक भइदिन्छ,महिलाको बिबाह पश्चात् राजनीतिक जीवन प्राय अस्तब्यस्त हुन्छ ।बिबाहपस्चात पतिको घरको मुल्यमान्यता चालचलन सङ्ग आफुलाई अनुकुल बनाउँनु पर्ने र सन्तान हुर्काउँने जिम्मेवारी,पुरुषहरूको तुलनामा महिलालाई बढी हुने हुँदा महिलाको निकै समय जान्छ जसबाट उसका सपना र आकांक्षाले गति लिन पाउँदैनन् ।

हामिले सधै सुन्दै आएका कुरा, महिला राजनितिमा आउँनै चाहदैनन्, महिलाले आफ्नो अधिकारको लागि आफै लड्नुपर्छ,अधिकार मागेर नपाए खोसेर लिनुपर्छ आदि आदि ,यस्ता कुतर्क गर्न जति सजिलो छ ,त्यती नै गाह्रो छ व्यबहारमा उतार्न,महिलालाई पुरुषको जस्तो स्वतन्त्रताको खुल्ला आकाश खोइ?जहाँ महिलाहरु आफ्नो अधिकार खोस्न जाउन ।महिला अधिकार,समाबेशिता,समानताको खोक्रो आदर्श ओकल्ने विद्वान भनाउदाको घरमा पनि महिला माथी उहीँ कुसंस्कार को पगरी हुन्छ नै जसले महिलालाई बोल्न दिदैन ।

संविधानले राजनितिमा महिला सहभागीता ३३% सुरक्षित गरेतापनी,राजनितिक दलमा महिला सहभागीता केवल संख्या पुर्याउँने प्रक्रियामै सिमित छ । कुनैपनी राजनितिक दलले महिलालाई पार्टी प्रमुख बनाउँने साहस गर्दैनन् के नेपालका कुनैपनी राजनितिक दलमा महिला नेतृत्वहरु पुरुष सरह बौद्धिक र क्षमतावान छैनन् त? महिलालाई पार्टिमा कामको जिम्मेवारी दिन हिचकिचाउने, महिलाले राखेको प्रस्तावलाई बेवास्ता गर्ने अवमूल्यन गर्ने, ठट्टा गरेर टार्ने जस्ता कार्य गरेर जसरी पनि महिलालाई अयोग्य प्रमाणित गर्ने खेलमा लागेकाहरु हरेक राजनितीक दलमा प्रशस्तै हुन्छन् । यसले के प्रमाणित हुन्छ भने, पितृसत्ताले गाँजेको हाम्रो मानसिकताले महिलालाई अघि बढ्न रोकेको छ ।

अन्त्यमा: महिलाहरु अघि बढ्न नसक्नुमा महिलाकै कमजोरी देखाउँने, महिलाले आफ्नो अधिकार खोसेर लिनुपर्छ जस्ता तर्क गरेर पानी माथिको ओभानो बन्ने अनि घर घरमा महिलामाथी उही मुल्यमान्यताको सिमारेखा कोरेर त्यहीँ भित्र महिलालाई सिमित गराउँने काम नगरौं । यदि महिलालाई पुरुष सरह स्वतन्त्रता दिने हो भने महिलाहरुले पनि उत्कृष्ट कार्यसम्पादन गर्न सक्छन् उत्कृष्ट नेतृत्व प्रदान गर्न सक्छन् भन्ने तथ्यलाई आत्मसात गरौँ ।

लेखिका सत्या समाजिक तथा लैंगिक समानताका विषयमा लेख्दै आएकीछिन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here