जब जब सिमानाको कुरा उठ्छ तब हामी छिमेकी तर्फ औंला ठड्याउँछौ तर आफ्ना गल्ती कमजोरीहरु तर्फ चाहिँ ध्यान दिदैनौ। नेपालीमा एउटा उखान नै छ “आफ्नो थैलीको मुख राम्ररी बन्द गरे अरुलाई चोरको दोष लाउनै पर्दैन।” सिमा अतिक्रमणबारे हामीले छिमेकी राष्ट्र विरुद्ध बोलिरहँदा आफ्नै देशका राज्य संचालकहरु सङ्ग निम्न प्रश्नको जवाफ भने माग्नैपर्छ ।

कालापानी फिर्ता हुनुपर्छ भनेर मिडिया तातेको बेलामा मात्र उफ्रिने ठूला दल र तिनका नेताहरुमा प्रश्नको जवाफ दिने हिम्मत छ ???

– हालसम्म कति जना प्रधानमन्त्री,रक्षा मन्त्री,गृहमन्त्री,मन्त्री राज्यमन्त्री,सांसद एवम् अन्य जनप्रतिनिधि लिम्पियाधुरा कालापानी लिपुलेक क्षेत्रको स्थलगत एवम् हवाई निरीक्षण गरे ?
– हालसम्म दार्चुला जिल्लामा खटिई आएका कति जना प्रमुख जिल्ला अधिकारी एवम् सुरक्षा निकायका प्रमुख हरुले उक्त क्षेत्रमा पाईला राखे ?

-हालसम्म उक्त क्षेत्रको विकास निर्माण र सुरक्षाका लागि के कति बजेट छुट्याईयो ?

– अतिक्रमित क्षेत्रका जनताको जनगणना,मतदाता नामावली संकलन,निर्वाचन,राज्यका विभिन्न निकायमा प्रतिनिधित्व, राजनितिक गतिविधिमा संलग्नता किन गराईएन ?

– यो देशका राज्य संचालकहरुमध्ये कति जनालाई उक्त क्षेत्रको क्षेत्रफल,ईतिहास,भौगोलिक अवस्थिती,रहनसहन,खानपान र जनजीवनका बारेमा जानकारी छ ?

(लेखक खिमानन्द जोशी मौलिक जरोकिलो पार्टीका सुदूरपश्चिम प्रदेश अध्यक्ष हुन् ।)

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here