काभ्रेः काभ्रेका युवाहरुले नेपालको कालापानी-लिम्फियाधुरा-लिपुलेक क्षेत्रमा भारतीय कब्जाको विरुद्ध प्रदर्शन गरेका छन् ।

युवाहरुले नेपाली भुमी मिचेर सडक मार्ग खोलेकोमा बिरोध गरेका हुन । छिमेकी भारतले नेपाली भूमि लिपुलेक हुँदै चीनको तिब्बतमा रहेको धार्मिकस्थल मानसरोवर जाने सडक मार्ग खोलेपछि नेपालमा यसको जनस्तरबाट विरोध सुरु भएको हो ।

काभ्रेका युवा नेता सुन्दर लामाको नेतृत्वमा प्ले कार्डसहित शान्तिपूर्ण रुपमा काभ्रेमा विरोध प्रदर्शन भएको हो । यो समय सम्पूर्ण देशबासीहरु एकजुट भएर देशको सार्वभौमसत्ताका निम्ती , रास्ट्रिय स्वाधिन्ताका निम्ती र आफ्नो देशका निम्ती सबै मिलेर भारतीय बिस्तारबाद बिरुद्ध लड्न पनि अपिल गरेका छन ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here