हाल विश्व महाव्याधीको रुपमा देखा परेको कोभिड १९ (कोरोना) भाइरसले अन्तर्राष्ट्रिय जगत बिक्षिप्त अवस्थामा छ । यो भाइरस एक सुक्ष्म जीव भएकाले यकबाट बच्न निकै साबधानी अपनाउने पर्ने हुन्छ । कुनै पनि भाइरस को उपचार को लागि तत्काल भ्याक्सिन बनाउन नसकिने र भ्याक्सिन बनाउन केही समय लाग्ने भएकाले त्यति बेला सम्म भाइरस बाट बच्न सामाजिक दुरि कायम गर्नु पर्ने, बिदेश तथा देश को विभिन्न ठाउँबाट गाउँ प्रबेश गरेका नागरिक हरु को उचित ब्यवस्थापन गर्नु पर्ने हुन्छ । त्यसको लागि उचित क्वारेन्टाइन को ब्यवस्थापन गर्नु पर्ने दायित्व तिनै तह को सरकार हुन्छ ।
क्वारेन्टाइन ब्यवस्थापनमा सरकार को ट्रेलर हिट :
कुनै पनि फिल्म रिलिज हुनु भन्दा पहिला त्यसको केही अंश राखेर ट्रेलर देखाइन्छ र ट्रेलरबाटै फिल्म को समिक्षा हुने गर्दछ त्यस्तै सरकार ले पनि कोरोना उदगम्स्थल चीनको वुहान बाट नागरिक हरुलाइ प्लेन चाटर्ड गरि स्वदेश लायो र भक्तपुर को खरिपाटी स्थित विद्युत प्राधिकरण भवनमा राखियो ! त्यो क्वारेन्टाइन बिश्व स्वास्थ्य संगठनको मापदण्ड अनुसार, सम्पन्न मुलक हरुले गर्ने ब्यवस्थापन जस्तै थियो । त्यहाँ क्वारेन्टाइनमा बस्ने नागरिक हरुलाइ डाक्टर, नर्स, एम्बुलेन्स, ईन्टरनेट, खाना नास्ता सहित सुरक्षा को लागि नेपालि सेना आदि इत्यादि थिए । त्यो ब्यवस्थापन देख्दा सरकारप्रती सबै नागरिकहरु खुशी थिए र त्यहाँ क्वारेन्टाइनमा राखेका नागरिक हरु स्वस्थ्य स्वास्थ लिएर घर फर्किए र सरकार लाई धन्यवाद पनि दिए । त्यो एक क्वारेन्टाइन ब्यवस्थापन को राम्रो पक्ष पनि थियो ।
क्वारेन्टाइन ब्यवस्थापन मा सरकार असफल किनः
क्वारेन्टाइन ब्यवस्थापन भक्तपुरमा सघिय सरकारले एक दमै राम्रो थियो तर एकाएक संघिय सरकारले प्रदेश सरकार र स्थानिय तहहरुलाई त्यो जिम्मेवारि दियो ।  सायद प्रदेश र स्थानीय तह जनता को नजिक भएर काम गर्न सक्छन भन्ने सोचेर दिएको हुनुपर्छ तर प्रदेश सरकार भुमिका एक दमै न्यून देखियो । र प्रदेश सरकार भएको अनुभुती जनताले गर्न सकेनन र स्थानिय सरकार का केही स्थानीय निकाय हरु ले ब्यवस्थापन राम्रो गर्न खोजेपनी सम्रग मा स्थानिय तह ले पनि क्वारेन्टाइन ब्यवस्थापन गर्न सकेन । अहिले पछिलो घटनाक्रम हेर्ने हो भने क्वारेन्टाइन स्थल बलात्कार, आत्महत्या, डिप्रेसन केन्द्र, र क्वारेन्टाइनमा भएका नागरिकहरु पनि त्यहाँ असुरक्षित ठानेर ओडारमा गएर बस्न बाध्य हुनु परेको छ । क्वारेन्टाइन ब्यवस्थापनमा स्थानिय निकायहरुले भ्रस्टाचार गर्नु र आफ्ना कार्यकर्ता पोस्नु बाहेक कुनै उपलब्धि गरेको देखिदैन । क्वारेन्टाइन अनुगमन, ब्यवस्थापनमा संघिय सरकारले चासो नराख्नु, स्वास्थ्य मन्त्रालय परिचालन गरेका युनिट हरु ले काम गर्न नसक्नु ले सरकार क्वारेन्टाइन ब्यवस्थापन असफल भएको देखिन्छ ।
क्वारेन्टाइन ब्यवस्थापन मा कहाँ चुक्यो त सरकार:
विश्वभरी देखा परेको कोरोना नियन्त्रण गर्न भनेर नेपालमा पनि सरकार ले उप -प्रधानमन्त्री ज्यु को अध्यक्षता एक उच्चस्तरिय समन्वय समिती गठन गर्यो तर त्यो उच्चस्तरिय समिती नै अपुर्ण थियो । अन्तर्राष्ट्रिय अभ्यासलाई हेर्ने हो भने उच्चस्तरीय समन्वय समिती मा माइक्रोबायोलोजिस्ट, बायोटेक्नोलोजिस्ट, बायोमेडिकल इन्जिनियर, स्वास्थ बिज्ञ, सहित महत्त्वपूर्ण मन्त्रालय का मन्त्री सम्मीलित समिती गठन गरेको देखिन्छ तर नेपाल मा कुनै विषयबिज्ञ नभएको उच्चस्तरीय समन्वय समिती बनायो । सरकार पहिलो स्टेपमा त्यहाँ निरै चुक्यो । त्यसपछि सरकारले क्वारेन्टाइन ब्यवस्थापन को जिम्मा नेपाली सेनाको सिएमसिसी मार्फत गृहमन्त्रालय सहितको समन्वयमा गर्नु पर्थ्यो । क्वारेन्टाइन ब्यवस्थापनको एक गाइडलाइन बनाएर अघि बढ्नु पर्थ्यो । त्यो पनि गरिएको देखिएन, क्वारेन्टाइन ब्यवस्थापन सँगै प्रयोगशाला ब्यवस्थापन गरि क्वारेन्टाइन मा भएका नागरिक हरु को स्वाब परिक्षण गरि नागरिक हरु निर्धक्क घर पठाउन पनि तिनै तहका सरकार हरु चुकेका छन् । र त्यसको फलस्वरूप अहिले देश भरी क्वारेन्टाइन मा अपृय घटना हरु घटेका छन् ।
अब बिकल्प के त ? कोभिड १९ विरुद्ध लड्न अब सरकार सङ्ग भनेको सामजिक दुरि कायम राख्न जनता लाई आह्वान गर्ने र बिदेश बाट अब आउने नागरिक लाई ब्यवस्थित क्वारेन्टाइन राखेर WHO मापद्ण्ड पूरा गरेर मात्र घर पठाउनु हो । त्यसको लागि सरकार ले भारत बाट आउने नगरिक का लागि मुख्य नाका तोकेर सो नाका हरु नजिकै ब्यवस्थित क्वारेन्टाइन बनाउने, पिसिआर परिक्षण गरि स्वस्थ्य भए घर पठाउने र घर मा केहि दिन सेल्फ क्वारेन्टाइन बस्न सल्लाह दिने र पोजेटिभ देखिएका ब्यक्ति हरु उपचार को ब्यवस्था मिलाउनु पर्ने हुन्छ । पिसिआर परिक्षणको लागि देश मा भएको दक्षजनसक्ती माइक्रोबायोलोजिस्टहरुको सीप लाई उच्चतम प्रयोग पिसिआर परिक्षण लाई तिब्रता दिनु पर्दछ ।
( लेखक सुरेशप्रसाद पन्त सुक्ष्मजीवविज्ञानका विद्यार्थी हुनुहुन्छ ।)

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here