एसईई उत्तिर्ण भएर घरमै बसेका विद्यार्थीहरु सहभागी हुन पाउने ‘स्पिच कम्पिटिसन २०२०’ हुने भएको छ । कार्यक्रम यही भदौ १३ गते शनिबार दिउँसो १ बजे जुम य्याप मार्फत  हुनेछ ।

च्यालेन्ज फर चेन्ज र ग्लोबल पीस फाउण्डेसनले आयोजना गरेको कार्यक्रममा देशभरीका जुनसुकै स्थानबाट भाग लिन सकिनेछ । कार्यक्रममा सहभागी हुन गुगल फम भरेर नाम दर्ता गर्न सकिनेछ । कार्यक्रममा प्रथम हुनेलाई ५ हजार, द्वितीय हुनेलाई ३ हजार र तृतीय हुनेलाई २ हजार पुरस्कारको व्यवस्था गरिएको आयोजक सिएफसिका अध्यक्ष रामहरी गिरीले बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here