कवि नरेश भण्डारीको नयाँ भिडियो कविता ‘बदलीयएको नसा’ सार्वजनिक भएको छ । यथार्थपरक विषयमा रचिएको कवितामा लागु औषधको लतबाट मुक्त एक व्यक्तिको कथा कवित्मक शैलीमा वाचन गरिएको छ ।

यो एक यथार्थ जीवको सिकाई हो
जसले पीडा र रोदन सह्यो
गुमाउनु नपर्ने सियान गुमायो

सानोमा एक्लो उ तर खुसी थियो
घरको कान्छो उ आमाको प्यारो थियो
उसको दाइ उसका लागि सहारा थियो
उत्कृष्ट साथीको उदाहरण थियो

स्कुल पढ्दा कक्षा ६ मा
ऊ कसैलाई एकोहोरो हेरिरहन्थ्यो
आफ्नो महसुस गर्थ्यो
(खै) ! किन…
उसमा नयाँ संसार पाउँथ्यो

एकदिन अचानक
उसलाई मनमा डर लाग्यो
उसको कोही आफ्नो दूर……शहर जाँदैछ भन्ने खबर पायो

उ सानो थियो ठम्याउन सक्दैन थियो
निशब्द र लाचार
तर
उ आफूभन्दा उसलाई माया गर्थ्यो
यो कुरा उसलाई पनि थाहा थियो
धेरैचोटी उसको खुशी पनि आफ्नो मान्थ्यो

समय कठिन चलिरहेको थियो
“बा” को मानसिक र शारीरिक
अवस्था नाजुक थियो
घरपरिवारको आयश्राेतमा जटिलता थियो
उसलाई कताकता फरक अनुभव हुन्थाल्यो

आफूले मनपराएको मान्छे टाढा जाँदा
उ एक्लो अनुभूति गर्थ्यो
उसलाई यो संसार विचित्र लाग्थ्यो

उ उनीसँग बोल्न चाहन्थ्यो
उ उनीसँग भेट्न चाहन्थ्यो
तर
सानो थियो उसको के‌ नै लाग्थ्यो
निर्दोष उ ! अत्तालिएको थियो
छिनभरमै उ फेरि निराश हुन्थ्यो
कमजोर उ कक्षा १० सम्म पुग्दा
Drug addiction
को सिकार भइसकेको थियो

पटक-पटक प्रयासरत
तर
जीवनका हरेक पाटामा फेल थियो

घरपरिवारको माया चोखो थियो
आमाको ममता अनन्त थियोे
उसको राम्रोको लागि उसलाई काठमाडौँ पठाइयो
उ मनमनै खुसी थियो
उसको मनपर्ने मान्छे अब नजिक थियो
तर
उसलाई यो सहर विशाल लाग्थ्यो
लागुऔषधको नशामा लिप्त उ उसको अलग संसार थियो
तर दुर्भाग्य
उसको साथी कुलत थियो

उ आफ्नो नजरमा गिरिसकेको थियो
उ भित्र विश्वासको पात्र अब मरिसकेको थियो
दुर्व्यसनी गहिराइमा डुबिसकेको थियो
पैसाका लागि हरदिन घरमा झुटो बोल्थ्यो
दिनचर्या र रात फरक भइसकेको थियो

उसको सङ्गत नराम्रा मान्छेसित थियो
घरमा कम बाहिर धेरै हुन्थ्यो
उन्मादमा उ जेल पनि परेको थियो
त्यो रात उसले सिटी सेन्टर माथिको रातो light हेरेर बिताएको थियोे ।

उसको बानी राम्रो थिएन
तर
उ मनमा राम्रो थियो
उ नसा छोड्न चाहान्थ्यो
तर
शरीर नसाको भुमरीमा कैद थियो

उसलाई यो जीवन उजाड लाग्थ्यो
केहि गर्न खोज्थ्यो तर थाकेको उ सक्दैन थियो
हरेक कुरामा दुनियाँ असम्भव मान्थ्यो
निराश हतास चिन्तित उ –

एक दिन एकाएक फोन आउँछ (Hello)
उसलाई यो आवाज आफ्नो लाग्छ
उ रुन थाल्न्छ -उसले कक्षा ६ को आफ्नो चोखो माया पाउँछ ।

जिन्दगीको मोडमा मायाको लहर थियो
सम्हालेको मन नजिक थियो
प्रेम सफल थियो
उनीहरुमा नयाँ संसार थियोे
जीवन हिजो भन्दा अलि सजिलो थियो
तर
उसलाई लाग्थ्यो आफ्नो मनपर्ने मान्छे पाए पछि
कुलत उसको साथी हुँदैन तर बिडम्बना उ गलत थियो

समय बित्दै गयो
घरमा सियानको आगमन भयो
हिजो उ कसैका लागि छोरा थियो
आज उसको पनि छोरा भयो
खुशीको माहौल थियो
अब उसको काँधमा सन्तानको कर्तव्य थपि सकिएको थियो

विवश उ….
नसा छोड्ने प्रयास त गर्थ्यो
तर
सक्दैन थियो
दिनप्रतिदिन आफूलाई अन्धकारको खाडलमा धकेल्दै थियो
ऊसँग आफूले चाहेको सबै थियो
तर पनि उ एक्लो महसुस गर्थ्यो

जसोतसो चलिरहेको जीवनले एक्कासी झसङ्ग बनायो
सियान बिरामी छ भन्ने खबरले उसको मनमा त्रास पस्यो
अस्पतालमा धेरै कोसिस चल्यो
उसलाई भगवानले पनि बचाउन सकेन
दुई महिनाको सियान सबैलाई छोडी दूर क्षितिजपारि गयो

सन्तान गुमाउँदा कुन आमा बुबाको मन भत्किंदैनन् होला
जसका लागि उ नशा छोड्न चाहन्थ्यो उ नै नरहेपछि उसलाई लागुअौषध नै आफ्नो साथी लाग्यो
घर परिवार शोकमा हुँदा पनि उ नसामा डुबिरहेको थियो

चार महिनापछि मध्यरातमा उसलाई धेरै गुमाएको भान भयो
उ सोच्न बाध्य हुन्छ
मनमा एउटा स्वतन्त्र सपना खेल्छ
उसले गरिरहेको लागुऔषध उसलाई गलत लाग्छ

आफूलाई एक मौका दिन चाहन्छ
सुधार केन्द्रमा जिन्दगीको भोगाइलाई केलाउन चाहन्छ
उ बिस्तारै जीवन बुझ्न थाल्छ
सुधार केन्द्र उसको लागि नयाँ घर हुन्छ
जीवनको अर्थमा बेग्लै उमंग पाउँछ

आज समयको महत्व उ अरुलाई सिकाउँछ
आज परिवारको आँसुको मूल्य उ अरुलाई बुझाउछ
आज लागुऔषधमा लागेका आफूजस्तै युवाहरूको उद्धार गर्छ

दुई महिना पूरा नहुँदै सन्सार छोडेको सियान त छैन
तर
उसको नाममा Siyaan Drug treatement center छ
जसले जीवन र नशाको लडाईँमा
जीवनको जित सिकाउँछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here