ए दुनिया
तैंले देखेका मौनताका सपनाहरु जलाउँदै
आज म हिँडे मेरो वास्तविक यात्रामा
म मुक्ति चाहन्छु तेरो परिबन्दको घेराबाट
म जाँदैछु तेरो रंगीन दुनियाँबाट रंगहीन दुनियामा ।।

मेघाच्छन्न गगनको त्यो कालो बादलमा बसी
नियाल्न चाहन्छु म यो स्वार्थी दुनियाँलाई
र हेर्न चाहन्छु यो दुनियाको कला र चर्तिकला ।।
ध्यानमग्न भएर निन्द्रासँग खेल्न चाहन्छु म नदीमा
डुब्न चाहन्छु तेरो जाली दुनियाँको गहिराइमा
र पत्ता लगाउन चाहन्छु तेरो जाली दुनियाँको जरा ।।

भोक संग लडेर भएपनि यात्रा रोक्ने छैन म
धेरै भोक लाग्दा भोग गर्नेछु यो पावनलाई
र तिर्ने छु तेरो सरकारलाई भोकको कर ।।
म मा भएको अज्ञानलाई तेरो विज्ञानसँग जुधाएर
अमृत उद्पादन गर्नेछु तेरो रक्षक हरुको लागि
जसले तेरा रक्षक हरु भक्षक बन्नबाट रोक्ने छ ।।

जब मेरो दुनिया अन्ध हुन्छ र बस्छु म अन्धकारमा
तब तिमी आउँछौ ब्याट्री सकिएको टर्च लाइट लिएर,
मेरो अन्धकार र तेरो ब्याट्री हिन उज्यालो मिसाएर
झुल्काउनेछु सत्य को किरण
जो तेरा शाशकहरुको लागि पथ प्रदर्शक बन्नेछ ।।

म मेरा गोविन्द हरु संगै आएर फर्काउनेछु
कानुन भन्दा बाहिर गएर चरिरहेका तेरा बाख्राहरु
यस्तै विविध कुराहरू लिएर अगाडि बढाउनेछु
मेरा यात्रा, र नियाल्नेछु तेरा जाली दुनियाँको यात्रीहरू ।।

यो अन्धकार रात्रिको यात्रा खतम हुनेछ एक दिन
नमन् गर्नेछु मेरा सहयात्री चाँदनी र ताराहरूलाई
र पिउनेछु एक घुट चिसो जुस, त्यो भास्करमा बसी ।।

दिवाकर भट्ट
बैतडी

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here