विवेकशील नेपाली दल मकवानपुरको जिल्ला समिति निर्वाचन मार्फत गठन भएको छ । सुमन आचार्यको अध्यक्षतामा ९ सदस्यीय समिति गठन भएको हो । अध्यक्ष आचार्य समाज विज्ञानका अध्यापक हुनुहुन्छ ।

समितिको लागि असोज १४ गते जुम अनलाईन मार्फत निर्वाचन सप्पन्न भएको थियो । समितिमा ४ महिला सदस्य र ४ खुल्ला सदस्य गरी ९ सदस्यीय समितिको लागि निर्वाचन भएको थियो । जिल्ला समिति सदस्यहरूमा उमा दोङ लामा, पुजा जोशी, अनुपा कुँवर, शिरिषा ढकाल, गोपाल घिमिरे, विष्णु केसी, अमोद भण्डारी र रविभक्त दाहाल निर्वाचित भएका छन् ।

विवेकशीलले छिट्टै प्रदेश सम्मेलन समेत गर्ने तयारी गरिरहेको विवेकशील मकवानपुरका नेता केडी भण्डारीले बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here