सत्याग्रही डा. केसीको जीवन रक्षाका लागि प्रवासबाट ६ संगठनले सामूहिक अपिल सहितको ज्ञापन पत्र बुझाएका छन् ।चिकित्सा शिक्षा सुधार र सुशासनका लागि १९औं पटक सत्याग्रह गरिरहनु भएका डा. गोबिन्द केसी संग तुरुन्त सरकारले वार्ता शुरु गरि जायज मागहरु पूरा गर्न र उहाको जीवन रक्षाका निमित्त प्रधानमन्त्रीलाई प्रवासमा रहेका संगठनहरुले अपील गरेका छन् ।
विवेकशील नेपाली दल प्रवासका नेता सुरेश भट्ट आश्रिन, नेपाली समाज कतारका अध्यक्ष हिराधन राई, समाजबादीका संघीय परिषद सदस्य देव परियार र मनिष यादव, जरोकिलो अन्तरराष्ट्रीयका अर्जुन शर्मा, साझा सद्भाव समुह कतारका अध्यक्ष गणेश कार्कीले हस्ताक्षर गरि दुतावासमार्फत पत्र बुझाएका छन् ।

विज्ञप्तिको व्यहोराः

चिकित्सा शिक्षा क्षेत्रमा व्याप्त बेथिति र मेडिकल माफिया बिरुद्ध आम जनताका भलाईका लागि पटक पटक अनशनरत डा. केसीसँग विगतमा गरिएका सहमति कार्वान्वयन नहुदाको परिणाम आफ्नो जीवननै समर्पित गरि १९औं पटक सत्याग्रह गर्न बाध्य डा. केसी संग बर्तमान सरकारले जुम्लावाट जबर्जस्ती काठमाडौँ फर्काउने क्रममा गरेको अभद्र ब्यबहार घोर निन्दनीय छ l विश्व महामारीको संकटमा फसिरहेका बेला सरकार जनताको स्वास्थ्य प्रति गम्भीर नभई स्वास्थ्य सामग्री खरिद प्रकरण, भ्रष्टाचार , कमिशन र पार्टीको आन्तरिक मामिलामा अल्झिनु सरकारको गैंर जिम्मेवारीपनको पराकाष्ट हो भन्ने प्रवासमा रहेका लाखौ नेपालीहरुलाई लागेको छ। विश्वब्यापी महामारीमा पनि सरकारको उपस्थिति अनुभूति गर्न नपाएको अवस्थामा स्वास्थ्य क्षेत्रको सुधारका लागि समर्पित डा. केसीको सत्याग्रह असान्दर्भिक भनेर हल्का टिप्पणी गर्नु आपत्तिजनक छ l डा. केसीको जीवन रक्षा प्रति गम्भीर हुन आग्रह गर्दै निम्न बुदाहरुमा सरकारको गम्भीर ध्यनाकर्षण गराउन चाहन्छौ l
१- प्रधानमन्त्रीको अग्रसरतामा ०७५ साउन १० गते डा. गोविन्द केसी संग नेपाल सरकारले गरेको सहमति स्वयम प्रधानमन्त्रीकै अगुवाइमा माघ महिनामा उल्लंघन गरिएकोले आजको परिस्थिति आएको हो त्यसैले आफुले गरेका सहमति प्रति सरकार गम्भीर होस् ।
२- डा. केसीको १९औं सत्याग्रहको क्रममा जुम्लावाट नेपालगंज हुदै काठमाडौँ आउने क्रममा प्रहरी प्रशासनवाट भएको दुर्ब्यबहारप्रति क्षमायाचना गरियोस।
३- पहिलेको सरकारका पालामा चिकित्सा शिक्षामा सुधारका लागि उच्च स्तरीय माथेमा कार्यदल बनाइएको र डा. केसीका मागहरू पूरा गर्दै “राष्ट्रिय चिकित्सा शिक्षा अध्यादेश, ०७४” जारी गरिएको थियो। सो अध्यादेशले मार्गप्रशस्त गरेको बाटोलाई बर्तमान नेकपाको सरकारले ईमान्दार ढंगले कार्यान्वयन गरोस ।
४- १९औं सत्याग्रहको २१औं दिनमा आइपुग्दा डा. केसीको स्वास्थ अत्यन्त संवेदनशील अवस्थामा पुगेको सत्यलाई दृष्टिगत गरि तत्काल वार्ता समिति गठन गरि ‘ईमान्दार वार्ता र सार्थक कार्वान्मयन’ मा तदारुकता प्रस्तुत गर्न सम्माननिय प्रधानमन्त्री एवं उहाँको नेतृत्वको सरकारलाई जोडदार अपील गर्दछौं ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here